Handigaun (Prachin Nepalko Rajdhani) – Sudarshan Raj Tiwari

हाँडीगाउँ (प्रचिन नेपालको राजधानी) – सुदर्शनराज तिवारी

850

Availability: 5 in stock

SKU: Handigaun (Prachin Nepalko Rajdhani) (RBD) Categories: , Tags: ,

हाँडीगाउँ काठमाडौं उपत्यकाको हालसम्मै ज्ञात सबैभन्दा पुरानो बस्ती हो । कुनै बेला किराँत तथा लिच्छवि राजाहरूद्वारा निर्मित मानगृह र कैलाशकुट भवनजस्ता भव्य दरबारहरू रहेको यो ठाउँ एक सहस्राब्दीभन्दा लामो समयसम्म उपत्यकाको राजधानी भएर रहेको थियो । मल्लकालको आगमनपछि भक्तपुर शहरको उदय भए तापनि त्यसअघिको कालखण्ड हाँडीगाउँको सेरोफेरोमा केन्द्रित थियो । हाँडीगाउँको त्यो लालित्यपूर्ण अतीत यहाँका बासिन्दाहरूको परम्परा तथा रीतिरिवाजहरूमा आज पनि जीवन्त रहेको पाइन्छ । लेखकले तिनै सांस्कृतिक सन्दर्भहरूको सहयोग लिएर तिनलाई पुरातात्त्विक खोजका निष्कर्ष र अभिलेखहरूसँग भिडाउँदै त्यस प्राचीन शहरको चित्र कोर्ने प्रयास गरेका छन् । हाँडीगाउँका प्राचीन जात्रा एवं गूढ अनुष्ठानहरू तथा हालसम्म पनि जनजीवनको अभिन्न अङ्ग बन्दै आइरहेका शक्तिपीठ तथा सार्वजनिक स्थानहरूसँग तिनको अन्तर्सम्बन्धको अध्ययन गर्दै त्यसैको आधारमा लेखकले हाँडीगाउँको उत्पत्ति, यससम्बन्धी किंवदन्तीका पात्रहरू, राजकीय प्रपञ्चहरू तथा अन्य ऐतिहासिक घटनाहरूको एउटा रोचक कथा प्रस्तुत गरेका छन् ।
वास्तुकलाविद् तथा संस्कृति इतिहासविद् सुदर्शनराज तिवारीले दिल्ली विश्वविद्यालय तथा हवाई विश्वविद्यालयबाट वास्तुकलासम्बन्धी डिग्री प्राप्त गरेका हुन् । सन् १९८८ देखि १९९२ सम्म डिनको कार्यभार सम्हाल्दै उनले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानमा ३५ वर्षभन्दा बढी सेवा गरेका छन् । नेपालको ऐतिहासिक वास्तुकला, शहर तथा सम्पदा संरक्षणसम्बन्धी स्वाध्यायनले उनलाई काठमाडौं उपत्यकाको प्राचीन बस्तीहरूसम्बन्धी शोधपत्रमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने अवसर पनि मिल्यो । प्राध्यापक तिवारीले लुम्बिनी, स्वयम्भू, चाँगुनारायण तथा पाटन दरबार स्क्वायरजस्ता विश्व सम्पदामा सूचीकृत विभिन्न स्थलहरूमा काम गरिसकेका छन् । यसअघि उनका ‘नेपालका तले शैलीका मन्दिरहरू’ Tiered Temples of Nepal (1988) र ‘काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरू’ The Ancient Settlements of the Kathmandu Valley (2001) अंग्रेजी भाषामा प्रकाशित छन् । सन् २००९ मा अंग्रेजी भाषामा प्रकाशित ‘नेपाल खाल्डोका मन्दिरहरू’ Temples of the Nepal Valley शीर्षकको उनको पुस्तकले काठमाडौं उपत्यकाको मन्दिर वास्तुकलाको विस्तृत अध्ययन प्रस्तुत गरेको छ ।

Handigaun (Prachin Nepalko Rajdhani) – Sudarshanraj Tiwari

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon