Shop Online For Books | Stationery | Fashion | Gift Items

Hamro Bato – Myamraj Rai

265

Availability: 5 in stock

SKU: Hamro Bato (RBD) Categories: , , Tag:
लघुकथाको चुनौतीपूर्ण दौडमा म्यामराज राई..
दुःख्नका लागि घाउ ठुलो हुनुपर्छ भन्ने छैन । सानै घाउले पनि गहिरोसँग दुःखाउँछ यदि त्यो घाउ ठाउँमा परे अथवा मनमस्तिष्कसम्म तरङ्गित हुन सक्ने वेग भए । त्यस्तो घाउले समग्र शरीरमा संवेदनाको लहर फैलाउँछ । लघुकथा पनि त्यस्तै हो । लघुकथा आकार र आयाममा सानो हुन्छ तर त्यसले विभिन्न कोणबाट जीवनको महत्त्वपूर्ण पक्षलाई अभिव्यक्त गरिरहेको हुन्छ |
लघुकथा लेखनको यो समय अत्यन्त चुनौतीपूर्ण छ । लेख्नेहरूको सङ्ख्या दिनानुदिन थपिँदै छ । कतिपय नयाँ स्रष्टाहरूले ईर्ष्या लाग्ने गरी आफ्नो प्रभाव देखाइरहेका छन् । लघुकथा विधाको लागि यो सुखद विषय हो । यही दौडमा देखिएको एउटा नाउँ हो, म्यामराज राई ।
हाम्रो लघुकथा पाठशालाबाट आफ्नो परिचय प्रारम्भ गरेका नवोदित लघुकथाकार राईले थोरै समयमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउने प्रयास गरेका छन् । उनको प्रकाशोन्मुख सङ्ग्रह ‘हाम्रो बाटो’मा भएका लघुकथाहरूले त्यस्तै सुन्दर सम्भावना देखाएका छन् । उनले थोरै समयमा राम्रा लघुकथाहरूको सिर्जना गरेका छन् । उनका लघुकथाहरूले सामाजिक, शैक्षिक, ग्रामीण समाज, महामारी र राजनीतिक जीवनका विविध पक्ष सुन्दर ढङ्गले केलाउने प्रयत्न गरेको छ । यसमा उनले जीवनजगत् वरपरका मानवीय संवेदनाजन्य विषयलाई सहज रूपमा उठाएका छन् । उनका हाम्रो बाटो, पुरुष, किनारको मिहिनेत, पुन्टे, म्यानेजर, भाइटीका, सफलता, इच्छा, राष्ट्रियता, न्याय आदि लघुकथाहरू सम्भावनाका नमुना हुन् । यी लघुकथा उनको परिचयलाई अगाडि बढाउने खुड्किलाहरू हुन् । उनको लघुकथामा अझ नयाँ नयाँ विषय र दृष्टिकोण आओस् | हार्दिक शुभकामना !
साहित्यकार ध्रुव मधिकर्मी, रेडियो नेपाल

Hamro Bato – Myamraj Rai

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Aapa Kharpa
    Aapa K'harpa - Tirtha Gurung
    1 X 500 = 500
    Shop Ratna Online
    Right Menu Icon