ग्रन्थका ४४८४ थान उक्ति मैले दोहोर्याएर पढ़ें। प्रत्येक उक्ति मलाई आप्तवचन लाग्दछन् । प्रत्येक उक्तिमा पूर्वीय चेतनाको आभा छ, हाम्रा ऋषिमुनिले गाएका ज्ञानमार्गका वाणीहरू यहाँ ध्वनित हुन्छन् । बिना ज्ञानको शिक्षा एक आडम्बर मात्र हो । प्रस्तुत ग्रन्थले त्यति भन्छ– भित्र पसौं हेरौँ ज्ञान चिनौँ । सम्पूर्ण ज्ञानशास्त्रको सारतत्त्व प्रस्तुत गर्ने यी सूक्तिहरू एकपल्ट होइन, अनेकपल्ट पढौँ, आफ्ना प्रियजनलाई पढिदिने आग्रह गरौं, पढाऔं । ज्ञानको प्रकार र प्रकृति, ज्ञान प्राप्तिको प्रक्रिया र परिणाम सबै मार्गका द्वार एकैचोटि खुल्नेछन् । प्रा. डा. गोविन्दराज भट्टराई सूक्तिले मानव जीवनमा ठुलो प्रभाव पारेको देखिन्छ । यसले समाजका आध्यात्मिक, धार्मिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, नैतिक आदि अनेक पक्ष समेटेको हुन्छ । सूक्तिले समाजमा विद्यमान विकृति, विसङ्गति र कुरीति हटाएर समाजलाई सुसंस्कृत, सभ्य र सदाचारी बनाउन सहयोग गर्दछ । यी सूक्ति उपदेशात्मक, नीतिमूलक, शास्त्रसम्मत, सङ्क्षिप्त, सारगर्भित, प्रभावकारी र चिरस्मरणीय बनेका छन् । यस कृतिबाट नेपाली वाङ्मयमा अर्को एउटा ज्ञानकुण्ड निर्माण भएको छ । यस पावन ज्ञानकुण्डको स्वच्छ जलपान गरेर सम्पूर्ण ज्ञान पिपासुको ज्ञान तृष्णा मेटिनेछ । प्रा.डा.कुमारप्रसाद कोइराला |
Gyanka Kura – Uttam Kumar Shrestha
Reviews
There are no reviews yet