.यस्तै एउटा इलाका थियो, त्यहाँ एउटा सानो बस्तीको सानो अँध्यारो घरमा टुकीको मलिनो प्रकाशमा गौरी पैदा भई ।
… गौरी लाटी थिई ।
*
सबैलाई गौरी लाटी हो भन्ने लाग्दथ्यो । ऊ केही बोल्दिनथी । धेरै वर्षदेखि उसले बोल्न बिर्सेकी थिई । घर सफा गर्ने भङ्गिनी, तरकारी बेच्ने, छरछिमेक सबैलाई गौरी लाटी छे भन्ने नै थियो । कसैले कहिल्यै उसले बोल्दै गरेको सुनेका थिएनन् ।
*
. गौरी पनि हावा र तापबाट बनेकी थिई ।
*
.. गौरी हिँडिरही । हिँडिरही । मलाई यो नसोध्नुहोस्, ऊ कहाँ गई होली ।
*
…त्यो नारी, जसले घरको पर्खालको घेराबाट अनि त्यस घेराको सीमाबाट कहिल्यै गोडा बाहिर राखेकी थिइन, जसलाई घरको पर्खालबाहिर रहेको संसारका आकारका बारेमा केही थाहा थिएन, बाहिरको संसार चक्कीजत्रो छ वा पातजत्रो, थालजत्रो छ वा आकाशजत्रो छ केही थाहा थिएन, ऊ कतातर्फ जाली र कहाँ पुग्ली ?
… यो नै सबैभन्दा कठिन हुन्छ : धक्का दिनु, आवरण भत्काउनु, निर्णय लिनु अनि हिँड्नुपर्छ भनी चुन्नु । यो जरूरी छैन, त्यस बाटाले कहीं पुऱ्याओस् । कहिले लिएर आधा बाटामा हराउँछ । त्यसले केही फरक पर्दैन किनकि जीवन यात्राको नाम हो ।
Gauri (Ajeet Kaur) – Ajit Kaur
Reviews
There are no reviews yet