नर शमशेर रिसायो । उसले दाह्रा किट्यो । हामीलाई अघिदेखि नै ठिक्क पारिएका बाँसमा बाँध्न आदेश दियो । राणाका सिपाहीहरूले आदेशको पालना गरे । उनीहरूले दशरथ चन्दलाई उत्तरपट्टि फर्काएर बाँधे । मलाई पश्चिमपट्टि फर्काएर बाँधे । हल्लिन नसक्ने गरी टनटनी कसे । उनीहरू बाँध्ने काममा खटेका । हामी भने बाँधिनेमा परेका । जे भए पनि हामी दुवै जना नजिकै छौं ।
I
नर शमशेरले के ठानेछ कुन्नि । उसले मतिर फर्केर फेरि भन्यो, ‘हेर, माफी मागिस् भने अझै पनि तँलाई समय छ ।’ उसको कुरा सुनेर मलाई त भननन्न भयो । मेरो कन्चट नै तात्यो । मैले उसलाई भनेँ, माफी माग्नुपर्ने काम के नै गरेको छु र ! तँजस्तो कसाईसँग किन माफी माग्नु ? बरू तैंले गरेको अत्याचारका लागि हामीसँग माफी माग् । मेरो कुरा सुनेर ऊ खिस्रिक्क पर्यो । उसको ओठ बन्द भयो ।
Gangalalka Padchaap – Prabhat Sapkota
Gangalalka Padchaap – Prabhat Sapkota
गङ्गालालका पद्चाप – प्रभात सापकोटा
₨295
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet