Flanders Fieldma Tamorka Suseli – Janu Kamban Limbu

फ्ल्यान्डर्स फिल्डमा तमोरका सुसेली – जानु कम्बन लिम्बु

349

Availability: 5 in stock

SKU: Flanders Fieldma Tamorka Suseli (RBD) Categories: , Tag:
जानु काम्बाङ लिम्बु बेलायतमा रहेर लेखनमा सक्रिय छिन् । कविता, गीत र आख्यानमा सराबरी कलम चलाउँछिन् । उनी जन्मी हुर्केको ठाउँ नेपालको सुदूर पूर्व ताप्लेजुङ तमोरखोला हो । दूर्गम पहाडी भूगोल अनि समृद्ध लिम्बु सभ्यताको रमरममा हुर्केकी उनी अध्ययनका क्रममा धरान झरिन् । कर्मको हवाइजहाज चढेर हङकङ पुगिन् । फेरि त्यहाँबाट बेलायत हानिएकी उनको जीवनचर्या चराको जस्तै छ । स्थानान्तरण हुँदै चराहरू जसरी उँधौलीउँभौलीमा आ-आफ्ना गुँड ओहोरदोहोर गर्छन्, ठीक त्यस्तै उनको नेपाल, हङकङ र युरोप विचरण गर्दाबस्दाको कलात्मक वर्णन हो ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ । थातथलोबाट उखेलिनुको अतीतपीडा र डायोस्पोरामा जीवन-उत्सव मनाउनुको मार्मिक अनुभूति जानुको लेखकीय मनोविज्ञान हो । त्यसैले, शैलीमा सरल, भाषामा स्थानीयपन र विषयबस्तुमा नवीनता अँगालिएको यस कृतिमा रैथाने संस्कृतिको सुगन्ध र उच्च आधुनिक पश्चिमा समाजको ‘फ्लेवर’ समेत सँगसँगै आउँछ ।

Flanders Fieldma Tamorka Suseli – Janu Kamban Limbu

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon