अँध्यारामा हुर्किन नपाएको सत्यजस्तै र भुङ्ग्रोभित्रको लुकेको फिलिङ्गोजस्तै उनका कथामा एक महाप्रहेलिका लुकेको थियो ।
उनले एक्कासि टर्च बाले । कट्टु खोलेर आफ्नो त्यो हेरे ।
सप्रेको कुनै खुम्रेकिरोभन्दा ठुलो थिएन उनको त्यो । उनी एकाएक खिन्न भए र खुइय गर्दै उनले लामो सास तानी बाहिर फाले । उनले माइलीको जिउडाल सम्झे, बैंस सम्झे, उमेर सम्झे, अनि • चक्रेलाई सम्झे र आफूलाई पनि सम्झे ।
उनलाई एकाएक आफू माइलीको महाअपराधीजस्तो लाग्यो । उनलाई एक निमिष पनि बाँच्छु जस्तो लागेन । उनलाई पासो लागी क्षणमै मरुँ जस्तो लाग्यो । उनले आफैँले आफैलाई धिक्कार्नु धिक्कारे । उनलाई माइलीको सिउँदो भर्ने आफ्नो हातै काटेर फालूँ जस्तो लाग्यो ।
आफ्नो कारणले माइलीलाई कारागारमा बन्धक बनाई राखी सजाय दिएजस्तो लाग्यो । उनलाई आफू पुरुषको खोलभित्र नपुंसकको जुलुङ्गो ठिङ्ग उभिएजस्तो लाग्यो |
एक्कासि उनलाई चक्रे आफ्नै अँध्यारो कोठाभित्र घाम बास माग्दै आएजस्तै लाग्यो ।
Firdosko Saacho – Rajbabu Shrestha Sagar
Firdosko Saacho – Rajbabu Shrestha Sagar
फिर्दोसको साँचो– राजबाबु श्रेष्ठ सागर
US$4.99
Availability: 5 in stock
SKU: Firdosko Saacho
Categories: Books, Nepali Books / Stories, New Book Arrivals
Tag: Stories-Nepali
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet