Shop Online For Books | Stationery | Fashion | Gift Items

Eakadeshka Bandar – Yuvraj Sangraula

450

Availability: 5 in stock

SKU: Eakadeshka Bandar (RBD) Categories: , , Tags: ,
जसले जीवनको गतिलाई एउटा दिशाबाट अर्को दिशातिर बदल्दैन, एउटा चरणबाट अर्को चरणमा बदल्दैन । त्यसको जीवनको तात्पर्य पनि त्यहीँ सकिन्छ । बाटो नबदल्नेको जीवन जता जाँदै छ त्यही दिशामा अन्त्य हुन्छ । जसले परिवर्तनको गतिलाई धिक्कार्छ र प्रतिरोध गर्दछ, उसको अन्त्य पनि दुःखदायी हुन्छ । जीवनको गन्तव्य थाहा हुनेले जीवनका लागि सिर्जनशील सपनाहरु निर्माण गरेका हुन्छन् । (पृष्ठ २४)

‘जीवन अतीतबाट वर्तमान हुँदै भविष्यको गन्तव्यतिर जान रोकिंदैन । त्यसैले अतीतबाट प्रभावित भएर, वर्तमानसँग डराएर न्याय र कल्याणको आँकुरालाई मर्न दिनु हुँदैन । घामको तेजबाट अङ्कुरलाई जोगाएन भने फल कसरी लाग्छ ? त्यसैले विवेकको अङकुरलाई अनैतिकताको रापबाट मर्न दिनु हुँदैन । (पृष्ठ १२६)

यस जगत्मा सत् र असत्का बिचको लडाइँ युगों पुरानो कथा हो । सत्य र असत्यको बिचको लडाइँ सधैं पीडादायी देखिन्छ । त्यस्तै उचित र अनुचितका पक्षमा उभिनेहरुका बिचको लडाइँ पनि सधैं चलिरहेकै छ । तर धर्तीमा एउटा अनौठो चलन छ। ध्रुवतारालाई त्यो चलनले अचम्म पार्छ । धर्तीमा जो अनुचितको पक्षमा उभिएको छ, उसले उचितको उछित्तो काट्छ र आफूलाई उचित घोषित गर्छ । (पृष्ठ १५२)

Eakadeshka Bandar – Yuvraj Sangraula

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon