Dr Ballavamani Dahalka Bhashik Chintan – Khagendra Prasad;Luitel Govindaraj Bhattarai

डा। बल्लभमणि दाहालका भाषिक चिन्तन– गोविन्दराज भटेटराई, खगेन्द्रप्रसाद लुइटेल

595

Availability: 5 in stock

SKU: Dr Ballavamani Dahal ka Bhashik Chintan Categories: , Tag:

मलाई केमा खुसी छ भने दाहालज्यूका व्यक्तित्व र विचार बुझ्नेहरूको जमात ठूलो रहेछ । डा. गोविन्द भट्टराई र डा. खगेन्द्र लुइटेलले गरेको यस कठिन कामको लागि उनीहरूप्रति म अत्यन्तै आभारी छु । मबाट यो काम कदापि हुनसक्ने थिएन। मेरा श्रीमान् डा. बल्लभमणि दाहालका रचनाहरू सङ्कलन, सम्पादन, प्रकाशन, पुनर्प्रकाशनलगायतका सम्पूर्ण सर्वाधिकारसहितको जिम्मा मैले डा. गोविन्दराज भट्टराई र डा. खगेन्द्रप्रसाद लुइटेललाई दिएकी छु ।
– डा. सुभद्रा सुब्बा दाहाल
स्वर्गीय प्राध्यापक डा. बल्लभमणि दाहालद्वारा लिखित लेखरचनाहरूलाई एकै ठाउँमा सङ्ग्रह गर्ने जुन कार्य भएको छ त्यो ज्यादै नै सराहनीय छ । यसबाट एकातिर शिक्षक, विद्यार्थी एवं अनुसन्धानकर्ताहरूले स्वर्गीय दाहालका छरिएर रहेका रचनालाई एउटै पुस्तकमा पढ्न पाउने छन् भने अर्कातिर यस ग्रन्थको प्रकाशन नै दिवङ्गत आत्माप्रतिको सच्चा श्रद्धाञ्जलि भएको कुरामा म विश्वस्त छु । यसका लागि विद्वान् सम्पादकद्वय डा. गोविन्द भट्टराई तथा डा. खगेन्द्र लुइटेलप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । प्रा. डा. त्रिरत्न मानन्धर
डा. दाहाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रख्यात भाषाविज्ञानी हुन् । भाषासम्बन्धी उनका प्रत्येक लेख हदैसम्मका प्रामाणिक र आधिकारिक छन् । उनको गहन अध्ययन, व्यापक चिन्तन र यथार्थवादी अनुभवबाट खारिएर रचिएका प्रत्येक लेख नेपाली वाङ्मयका अमूल्य निधि हुन्। उनका लेखहरूमा विषयको प्रस्तुति मात्र होइन सो विषयसम्बन्धी दूरदृष्टि पनि देख्न पाइन्छ । यसका लागि डा. खगेन्द्रप्रसाद लुइटेल तथा डा. गोविन्दराज भट्टराईले गरेको श्रमसाध्य तथा विद्वत्तापूर्ण प्रयास प्रशंसायोग्य छ । प्रस्तुत पुस्तकको सङ्कलन, सम्पादन तथा प्रकाशनबाट बल्लभजीजस्ता महान् व्यक्तित्वको बौद्धिक स्मारिका कृतिस्वरूप सालिक खडा भएको छ । प्रा. मोहनराज शर्मा
7
स्व. दाहालले एक खुला भाषाशास्त्रीका रूपमा आफैलाई प्रस्तुत गर्नु भयो । आफ्नो अभिरूचि भाषाविज्ञानको कुनै खास क्षेत्रमा सीमित नराखी समाज भाषाविज्ञान, ऐतिहासिक भाषाविज्ञान, शैक्षिक भाषाविज्ञान, शैलीविज्ञान आदि क्षेत्रमा वहांले लेखरचनाहरू लेख्नुभयो । यस ग्रन्थले भाषाविज्ञान, नेपाली भाषाको अनुसन्धान र शिक्षणमा संलग्न हुने शोधार्थी, शिक्षक र विद्यार्थीवर्गलाई दिग्दर्शन गर्दै जाने छ भन्ने मलाई पूर्ण विश्वास छ । यस्तो महत्त्वपूर्ण कार्यका लागि म विद्वान्द्वय डा. भट्टराई र डा. लुइटेललाई हार्दिक बधाईज्ञापन गर्दछु । – प्रा. डा. योगेन्द्रप्रसाद यादव
Dr Ballavamani Dahal ka Bhashik Chintan – Govindaraj Bhattarai, Khagendra Prasad Luitel

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon