डीपी अधिकारीले नेपालको प्रगतिवादी साहित्यका क्षेत्रमा लामो समयावधि कथा, उपन्यास र समालोचनाका क्षेत्रमा सिर्जना गरेको पाइन्छ । उनी मूलतः ‘यथार्थवादी समालोचना’ (२०१७) पछि ‘नेपाली साहित्य र आलोचना’ (२०३२) र नेपाली उपन्यास र जनजीवनजस्ता समसामयिक समालोचनाका कृति लिएर आफ्नो अर्थपूर्ण उपस्थितिमा देखापर्छन् । यसबाट डीपीमा प्रगतिवादी समालोचकमा हुने अविचलताका साथै दृढताको सङ्केत प्राप्त हुन्छ । उनका साहित्यिक कृतिमा मार्क्सवादी दृष्टिकोण प्रष्ट झल्किन्छ । डीपी अधिकारीका साहित्यिक रचनानामक कृति उनले रचना गरेका आख्यान र समालाचनाको सङ्ग्रह हो । यसले उनको जीवन सार्थक भएको प्रष्ट हुन्छ । अपेक्षा गर्दछु नेपाली पाठकका निम्ति यो कृति कोसेढुङ्गो सावित हुनेछ । यसमा सङ्कलन गरिएका कृति र तिनमा प्रयोग भएको भाषा र त्यसमा भएका शैलीले हाम्रो विगतको सामाजिक जीवन प्रष्टिन्छ । कृतिमा डीपीले समाजलाई हेर्ने दृष्टिकोण र आफ्ना विचारलाई तर्कले पुष्टि गरेका छन् । अति छोटो र सरल तरिकाले आफ्ना कुरा प्रकट गर्ने सामर्थ्य उनका कलममा देखिन्छ । त्यसैले यस पुस्तकबाट नेपाली साहित्यमा सामाजिकताको निरूपण र पाठकलाई विगतको समाज हेर्न सहज हुनेछ भन्ने हामीलाई लागेको छ । डीपी अधिकारीजस्ता दुई दशकदेखिका अथक साधकलाई नेपाली समालोचना र आख्यानका क्षेत्रमा प्रतिविम्बित रही राष्ट्रिय प्रगतिवादी – धारको विश्लेषण- मूल्याङ्कनका निम्ति प्राप्त सकारात्मक र रचनात्मक भूमिकाले उनले गरेको योगदान फलदायी हुन सक्नेछ भन्ने आशा लिएका छौं ।
DP Adhikarika Sahitik Rachana – Hari Gautam
Reviews
There are no reviews yet