ती मनका पातमा कोरिएका अक्षरअक्षर पढ्थेँ । शब्दशब्द पढ्थेँ । लेखिएको हुन्थ्यो :
‘कथाविनाको मान्छे हुँदैन । व्यथाविनाको कथा हुँदैन । यदि यसो हो भने संसारले देख्ने त्यो पागलको कथा के हो ? त्यो कथापछिको व्यथा के हो ?’
‘सासविनाको मान्छे हुँदैन । आसविनाको सास हुँदैन । यदि यसो हो भने संसारले थुक्ने त्यो पागलको सासको मुहान के हो ? त्यो सासपछिको आस के हो ?’
Dhurbasatya – Basudev Mandal
Reviews
There are no reviews yet