Dharatidekhi Aakashsamma – Anandadev Bhatta

धरतीदेखि आकाशसम्म– आनन्ददेव भट्ट

195

Availability: 5 in stock

SKU: Dharatidekhi Aakashsamma Categories: , Tag:

नेपाली साहित्यमा सुपरिचित व्यक्तित्व हुनुहुन्छ आनन्ददेव भट्ट । झण्डै साठी वर्ष लामो लेखनयात्रा पार गरिसक्नु भएका साहित्यकार भट्ट सबैका लागि सम्माननीय व्यक्तित्व हुनुहुन्छ ।
| साहित्यकार भट्टको जन्म वि.सं. १९९३ साल आश्विन २५ गते कर्णाली अञ्चल, जुम्ला जिल्लाको सदरमुकाम खलङ्गामा भएको हो । उहाँको पुख्यौली थलो भने महाकाली अञ्चल, बैतडी जिल्लाको दशरथचन्द्र नगरपालिका-४ हो । साहित्यकार भट्टको स्थायी बसोबास राजधानी काठमाडौँमा रहेको छ ।
नेपाली साहित्यका विविध विधामा योगदान पुयाउनु हुने साहित्यकार भट्ट अङ्ग्रेजी साहित्यका पनि विद्वान् हुनुहुन्छ । उहाँले सन् १९६० मा भारतको पटना विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएको हो । सन् १९८३ मा संयुक्त अधिराज्यको लन्डन विश्वविद्यालयबाट एम.एड. गर्नुभएका साहित्यकार भट्ट लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी साहित्यको प्राध्यापनमा संलग्न रहनु भयो । उहाँ अवकाशप्राप्त सहप्राध्यापक हुनुहुन्छ ।
बहुविधाका स्रष्टा साहित्यकार भट्ट अहिले पनि लेखनमा सक्रिय हुनुहुन्छ । कविता, काव्य, खण्डकाव्य, निबन्ध, समालोचना, दर्शन, भाषा र राजनीतिमा गरी उहाँका दुई दर्जन कृति प्रकाशित छन् । अनुवाद र सम्पादनमा पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । उहाँले विश्वका केही चर्चित कृतिहरू नेपालीमा अनुवाद गर्नु भएको छ ।
साहित्यकार आनन्ददेव भट्टले नेपालको वामपन्थी र लोकतान्त्रिक आन्दोलनमा समेत आफूलाई अहम् भूमिकामा राख्दै आउनु भएको छ । निस्वार्थ भावनाका साथ नेपाली समाजको रूपान्तरणमा संलग्न रहँदै आउनु भएका साहित्यकार भट्ट विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित हुनुहुन्छ ।
Dharatidekhi Aakashsamma – Anandadev Bhatta

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon