धनी बुबा गरिब बुबा
व्यक्तिगत वित्तीय व्यवस्थापनका लागि #9 पुस्तक !
धनी बुबा गरिब बुबा आफ्नो आर्थिक भविष्यमाथि नियन्त्रण गर्न खोज्ने जो कोहीका लागि एक सुरुवाती विन्दु हो । – युएसए टुडे
अधिकांश मानिसहरूले आर्थिक रूपमा संघर्ष गरिरहनुको प्रमुख कारण वर्षौंसम्म स्कुल गएर पनि पैसाका बारेमा केही नसिक्नु हो । मानिसहरूले पैसाका लागि काम गर्न सिक्छन्, तर पैसालाई कसरी काम गराउन सकिन्छ भन्ने सिक्दैनन् । रोबर्ट टी. कियोसाकी
रोबर्ट टी. कियोसाकीले यस पुस्तकमार्फत संसारभर लाखौं-करोडौँ मानिसहरूलाई पैसाको बारेमा विद्यमान परम्परागत सोचलाई चुनौती दिएका छन् र परिवर्तन गरेका छन् । उनले सही दृष्टिकोणका साथ परम्परागत सोचको खण्डन गरेका छन् । उनी स्पष्ट वक्ता र साहसी व्यक्तिका रूपमा प्रतिष्ठित छन् । उनी संसारभर वित्तीय शिक्षाका एक जबरजस्त समर्थकका रूपमा परिचित छन् ।
Dhani Buba Garib Buba (Plata Publishing) – Robert T. Kiyosaki
Reviews
There are no reviews yet