Dhan Sampattiko Manobigyan – Morgan Housel

480

Availability: 5 in stock

SKU: Dhan Sampattiko Manobigyan (RBD) Categories: , Tags: ,

“केही नगण्य व्यक्तिहरू छन् जो मोर्गन हाउजलले जसरी वित्तका बारेमा सुन्दर तथा स्पष्टताका साथ लेख्न सक्दछन् ।” – डेनियल एच पिंक
व्हेन टु सैल इज ह्युमन र ड्राइभका न्यूयोर्क टाइम्स बेस्ट सेलिंङ्ग लेखक
“मोर्गन हाउजलको अवलोकनले प्राय: एक वाणबाट दुईवटा शिकार गर्दछन् । उनले यस्तो चिज भन्छन् जसलाई पहिले कसैले भनेको थिएन र ती अर्थपूर्ण पनि हुन्छन् ।” – हावर्ड मार्क्स
ओकट्रि क्यापिटल म्यानेजमेन्टका सह-संस्थापक र सह-अध्यक्ष
“ती अनौठा लेखक जसले जटिल अवधारणाहरूलाई अभिरुचिपूर्ण र सरलतापूर्ण शैलीद्वारा जान्न सकिने दृष्टान्तमा रूपान्तरण गरिदिन्छन् ।” – एनि ड्युक
लेखक, थिकिंग इन बेड्स
धन-सम्पत्ति प्रबन्ध समुचितताको ठोस सम्बन्ध तपाईंसँग भएको ज्ञानसँग होइन कि तपाईंको व्यवहारसँग सम्बन्धित छ, तपाईंको आचरपासँग छ । र त्यो आचरणको पाठ निकै गाह्रो कार्य हो भन्ने तथ्य ती होशियारपूर्वक कार्य गरीरहेकाहरूका निम्ति पनि हो ।
धनको प्रबन्ध, निवेश तथा उद्यमसम्बन्धी निर्णय लिनु यस्तो विषय मानिन्छ जसमा प्रायः धेरै नै गणितीय हिसाबाकिताब हुन्छ, त्यसमा संख्या र सूत्रले हामीलाई के गर्नुपर्ने भन्नेबारे भन्दछन् । तर वास्तविक संसारमा, व्यक्तिहरूले वित्तीय निर्णयहरू स्प्रेड सिटमाथि लिँदैनन् । उनीहरू डाइनिंग टेबलमाथि वा कुनै सभाकक्षमा निर्णय गर्दछन् जहाँ व्यक्तिगत इतिहास, संसारप्रतिको तपाईंको अद्वितीय दृष्टिकोण, अहङ्कार, अभिमान, बजारीकरण र विचित्र खालका प्रेरक प्रसंगहरू आफैसँग जेलीरहेका हुन्छन्।
धन-सम्पत्तिको मनोविज्ञानमा लेखकले उन्नाइसवटा लघुकथाहरू प्रस्तुत गरेका छन् । जो कि धनको बारेमा व्यक्तिहरूको विचित्र सोचलाई समन्वय गर्दछन् र साथमा तपाईंलाई सिकाउँछन् कि, तपाईं जीवनको यो सर्वाधिक महत्त्वपूर्ण कालखण्डमा राम्रोसँग जान्न सक्ने सामर्थ्य जुटाउन सक्नुहुनेछ ।
मोर्गन हाउजल, द कोल्याब्रेटिभ फ्रेण्डका एक पार्टनर हुन्, र द मोटले फुल र द वाल स्ट्रिट जर्नलमा पूर्व समिक्षाको भूमिका निर्वाह गरीसकेका छन् । उहाँ सोसाइटी अफ अमेरिकन बिजनेस एडीटर्स एण्ड राइटर्सको बेस्ट इन बिजनेस अवार्डद्वारा दुई पटक सम्मानित, न्युयोर्क टाइम्स सिड्नी अवार्डका विजेता र प्रतिष्ठित व्यापार तथा वित्तीय पत्रकारिताका लागि दुई पटक जेराल्ड लोएब अवार्डको अन्तिम सूचीमा समावेश भइसकेका छन् ।

Dhan Sampattiko Manobigyan – Morgan Housel

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon