नरेन्द्रराज प्रसाई
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनका अधिकांश पक्षमाथि प्रकाश पारिएकाले देवकोटालाई सम्पूर्ण रूपमा बुझाउन देवकोटाको जीवनशैली सक्षम छ । सिद्धहस्त जीवनीकार नरेन्द्रराज प्रसाईद्वारा लेखिएको यस कृतिलाई नै देवकोटाविषयक मानक जीवनी पनि मानिएको छ ।
• शताब्दी पुरुष डा. सत्यमोहन जोशी
पुनर्जीवित हुनुभएको छ महाकवि लक्ष्मीप्रसाद देवकोटा नरेन्द्रराज प्रसाईकृत देवकोटाको जीवनशैलीमा । हाम्रा आँखाअघि घट्छन् कविका जीवनक्रम, हात लम्काई छुन सकौंला लाग्दा । देवकोटा कति महान् र प्रिय उभिनुहुन्छ हाम्रा नेपालीय यथार्थ र दैनन्दिनतामाथि । कति कालभरि देवकोटा नै आफ्नो विश्व बनाई प्राप्त शिलवृत्तिले अनुपम लिखित छ प्रसाईबाटको यो कृति ।
• प्रा. डा. इन्द्रबहादुर राई
कुनै पनि लेखकको आफ्नो मूल धन भनेको आफ्नै भावमण्डल (र विचारपरिमण्डल) का साथै आफ्नै शैलीगत अन्तर्विकास हुँदै रहनु हो । नरेन्द्रराज प्रसाईका समष्टि वैशिष्ट्यमध्ये दृढ राष्ट्रवादी विचारधाराका साथै रोचक र खिरिलो भाषाशैलीगत र उक्तिगत प्राञ्जलता पनि उनका लेखकीय मूल धनका अंशका रूपमा रहने गर्छन् । देवकोटाको जीवनशैली प्रसाईको विशेष मिहिनेत र सूक्ष्म दृष्टिप्रधानपूर्ण रहेको पाइन्छ भने शैली र प्रस्तुतिका दृष्टिले पनि यहाँ नरेन्द्रीय मीठो प्राञ्जल शैलीको मिठासमहक आद्योपान्त महकिएको पाइन्छ ।
• महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी
Devkotako Jeewansaili – Narendra Raj Prasai
Devkotako Jeewansaili – Narendra Raj Prasai
₨500
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.