दार्शनिक पृष्ठभूमिमा लेखिएका लेख – निबन्धको सँगालो नै दर्शनभित्रको दर्शन’ हो । हाल सुदूर पश्चिम विश्वविद्यालयको दर्शन विषयक पिएचडी पाठ्यक्रममा समावेश भएको र अनौपचारिकरूपमा त्रिविविमा समेत पठनपाठन भइरहेको यस पुस्तकमा वेदवेदान्त र तिनका वादसँगै पश्चिमका केही फिलोसफीका विषयवस्तु समेटिएका छन् ।
विगत ३५ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार तथा साहित्यकार कमल रिजाल अध्यात्मदर्शन क्षेत्रका सिद्धहस्त लेखक मानिन्छन् । उनले चार हजारभन्दा बढी लेख, निबन्ध, टिप्पणी तथा समालोचना प्रकाशित गराइसकेका छन् । रिजालका हालसम्म सुकर्म, पृथा, दृष्टिभ्रम, सत्यवती, सुदर्शन, पूर्वीय दर्शन मीमांसा, पूर्वीय दर्शन विमर्श, धर्मदर्शन, विश्वविख्यात वैदिक वैज्ञानिक, पौराणिक पात्र र मिथकहरूका साथै नीतिकथाहरू गरी १६ वटा पुस्तक प्रकाशित छन् । यीमध्ये ‘सुकर्म’ उपन्यास हिन्दी र अङ्ग्रेजी भाषामासमेत अनुदित भई प्रकाशित छन् ।
Darshanbhitrako Darshan – Kamal Rijal
Reviews
There are no reviews yet