भिक्टर ग्रिगोरेभिच आफानास्येभ विख्यात सोभियत समाजशास्त्री, प्राध्यापक, दर्शनशास्त्रका डाक्टर, सोभियत विज्ञान प्रज्ञाप्रतिष्ठानका प्राज्ञ, प्रसिद्ध सामाजिक कार्यकर्ता हुनुहुन्छ । मार्क्सवादी-लेनिनवादी विज्ञानका जल्दाबल्दा समस्याहरूको अनुसन्धानमा उहाँको महत्त्वपूर्ण भूमिका रहेको छ । दर्शनशास्त्र र वैज्ञानिक समाजवाद, वैज्ञानिक-प्राविधिक क्रान्ति तथा समाजको वैज्ञानिक संचालनसम्बन्धी समस्याहरूको अनुसन्धानका साथै मार्क्सवादी-लेलिनवादी सिद्धान्तको प्रारम्भिक ज्ञानको प्रचारमा उहाँको विशेष देन रहेको छ ।
दर्शनशास्त्रको प्रारम्भिक ज्ञान’, ‘वैज्ञानिक साम्यवाद, समाजको वैज्ञानिक संचालन र सूचना वैज्ञानिक प्राविधिक क्रान्ति, संचालन शिक्षा आदि उहाँका मुख्य कृतिहरू हुन् । उहाँका धेरैजसो कृतिहरू विभिन्न विदेशी भाषाहरूमा अदुदित छन् ।
यस लोकप्रिय पाठ्यपुस्तकमा अति संक्षिप्त सुबोध तरीकाले आधुनिक विज्ञान तथा सामाजिक व्यवहारको पृष्ठभूमिमा द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादका आधारभूत प्रश्नहरूको ख्याख्या गरिएको छ ।
Darshan Sastrako Prarambhik Gyan – Rajendra Maske
Reviews
There are no reviews yet