भारतमा बसेर भूटानका राजाको विरुद्धमा यत्तिको खरो बोल्नु-लेख्नु चानचुने कुरा हैन । त्यही भएर पनि मेरो मनमा लामीटारे बाघ नै हो भन्ने लाग्यो ।
हाम्रा नेताहरूले लामीटारेबाट धेरै कुरा सिक्न सक्छन् । लामीटारेलाई हामी सबैले एउटा साधु मात्र हो भनेर ठानेका छौं तर वास्तवमा त्यो सोचाइ गलत हो । पैसाको पछि कुद्ने नेताभन्दा लामीटारे जस्तो सादा नेताको हामीलाई खाँचो छ । – डा. भम्पा राई
भूटानसँग सिमाना जोडिएको भारतीय भूमिमा बसेर भूटानको निरंकुश राजतन्त्रमाथि वैचारिक धावा बोल्नसक्ने लामीटारेको आँटको जति प्रशंसा गरे पनि कमै हुन्छ, उनको त्यो आँटलाई सबैले पूर्णरूपमा कदर गर्नुपर्छ । उनले नेपालीभाषी भूटानीका लागि जति योगदान गरेका छन्, त्यो अन्य कोही पनि भूटानीसँग तुलना गर्ने सकिन्न ।
भूटानी तानाशाहले नेपालीभाषी भूटानी जनतामाथि गरेको अन्याय-अत्याचारलाई लामीटारेका पुस्तकले राम्ररी उजागर गरिदिएका छन् । उनका कृति नेपालीभाषी भूटानीका बहुमूल्य सम्पत्ति हुन्, ती सबैको जगेर्ना गर्नु अति आवश्यक छ । – प्रा. डा. हरिप्रसाद अधिकारी
Dankido Bhutan – Devibhaktta Lamitare
Reviews
There are no reviews yet