Chiya Guff – Prabin Khaling

चिया गफ– प्रवीण खालिङ

400

Availability: 5 in stock

SKU: Chiya Guff Categories: , Tag:

भारतभित्रको नेपाली भाषा, संस्कृति र अन्य पहिचानलाई उधिनेर लेखिएको कवितात्मक शैलीका निबन्धहरूको कृति हो चिया गफ । नवीन शैलीको यस पुस्तकले भारतमा राजनैतिक चपेटामा परेका गोर्खा समुदायको विषय पनि उजागर गरेको छ । कवि र पत्रकारका रूपमा चिनिएका प्रवीण खालिङले यसपटक सिक्किम, दार्जीलिङ र कालेबुङलाई गैरआख्यानका चित्रमा उतारेका छन्।
भुपाल राई
कुलपति, प्रज्ञा प्रतिष्ठान, नेपाल ।
झरी कविता सङ्ग्रह लिएर आउनु हुने कवि प्रवीण खालिङ यसपटक भने निबन्ध सङ्ग्रह लिएर आउनु भएको छ चिया गफजस्तो रुमानी शब्दसहित। निबन्ध कवितात्मक मिठासको छ। प्रेम, नोस्टाल्जिया, जीवन, मृत्यु, देश र देश हराउनु अथवा नहुनुको पीड़ा बोकेर प्रेमिल बोझको निमन्त्रणा दिँदै पाठकलाई रोमाञ्चित बनाउन सक्षम लाग्यो। प्राञ्जल भाषा र कतै अलमलिएको कतै भुलिरहनमा आनन्दित हुनु बनाउने लेखन आकर्षक छ। साहित्य संसारमा आफ्नो नवीन छवि लिएर आइरहेको चिया गफ रसिकको भरिलो माया पाउनेछ भन्ने कुरामा आश्वस्त छु ।
-पेम्पा तामाङ समालोचक, सिक्किम।
चिनारीमाथि केन्द्रित चिया गफले थुप्रै प्रश्नहरू उठाउन सक्छ। चिया गफ नेपाली लेखनमा एक रोचक साहित्यिक विधाको शुरुवात हुनसक्छ।
– प्रज्ज्वल पराजुली आख्यानकार, सिक्किम।
फरासिलो भाषामा गरेका प्रवीण खालिङका चिया गफले पाठकलाई कहीँकतै भेटिएकै मित्रजस्तो लाग्नेछ। आत्मसंस्मरणात्मक शैलीले पाठकलाई लेखकसँगै आत्म-सचेत हुँदै अघि बढ्नलाई आग्रह राखेको हुन्छ। आफ्ना बारेमा केही फेला पार्ने गतिविधि (भावनाहरू, विचारहरू कार्यहरू) लेखकले पाठकका लागि भाषाका रूपमा आत्म-प्रतिबिम्ब, आत्म-सन्दर्भ र आत्म-चिन्तन जोड़ेर राख्दछ । पाठकले जब लेखकीय कार्यद्वारा निर्णीत आत्म – चेतना वा स्थितिको निर्धारण गर्दछ, तब तिनले आत्म-गतिविधिको एक उत्कृष्ट रूपमा लेखकलाई भेट्दछ ।
– डा वासुदेव पुलामी कवि, दार्जीलिङ ।
Chiya Guff – Prabin Khaling

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon