उमेर छदै सुखद दाम्पत्य जीवनमा बज्रपात परेपछि घाइते श्रीमतीको विह्वलवेदनाका ताता आँसुहरूले यो पुस्तकका पानाहरू भिजेका छन् । यो पुस्तक गद्य शोक-साहित्य हो । सरिताजीले समयलाई समातेर एउटा रचनात्मक कार्य गर्नुभएको छ । भरतंजा उप्रेती, पत्रकार सरिताजीको आँसुका थोपाथोपाले यो पुस्तक सृजना भयो । उहाँका साहित्यिक वाक्यहरू अति नै मर्मस्पर्शी छन् । एउटा असाध्य रोगले ग्रसित बिरामीको अवस्था र उपचारका प्रयासका शब्दचित्र छर्लङ्ग पार्नमा उहाँ साहित्य साधकभन्दा कम हुनु हुन्न । यो पुस्तकले नवराजकुमार श्रेष्ठलाई अमर बनाएको छ। लुमडीप्रसाद खनाल, प्राध्यापक प्रस्तुत कृति यथार्थपरक विवरणमूलक सरल शैलीको सुन्दर पठनीय रचना हो । परम्परागत तथा प्रचलित साहित्यिक विधा-उपविधाका सैद्धान्तिक सीमाअन्तर्गत हुनु पर्ने आग्रहहरूलाई पन्छाएर हेर्दा यो सुन्दर साहित्यिक रचना हो। फणीन्द्रराज काफ्ले, प्राध्यापक सरिता मिसद्वारा आफ्नो अस्वस्थ पति नवराजको औषधी-उपचारका लागि स्वदेश र विदेशका चिकित्सालयहरूमा गरेको प्रयास, इष्टमित्रहरूबाट प्राप्त सहयोग र नवराजजीको निधनपछि बिछोडको अलाप-विलाप, विह्वल, वेदना. र क्रन्दनयुक्त शोक-साहित्यका शब्दावलीहरू यस पुस्तकमा उल्लेखनिय रूपमा प्रस्तुत भएको छ। भुवनेश्वर प्रधान, शिक्षा अधिकारी |
Chhuteko Sath – Sarita Shrestha
Reviews
There are no reviews yet