लघुकथाकार कुमुदप्रसाद शर्मा प्याकुरेलले लेख्नुभएको ‘छप्पन भोग लघुकथासङ्ग्रहमा समेटिएका लघुकथाहरूमा रूपविधानमा निकै ख्याल गरिएको देखिन्छ । ती रूपमा साना छन् । शब्दसङ्ख्यामा लघु छन् । समापनमा प्रतिध्वन्यात्मकता दर्साउन हरसम्भव प्रयास गरिएको छ । व्यङ्ग्यको पुटले सजिएका छन् । कथानकभित्रका पात्रहरू आवश्यक र थोरै छन् । आयाममा चिटिक्कका छन् । कथाविधानमा नयाँ कथानक र नयाँ विचार प्रस्तुत गरिएको छ । लघुकथाको प्रयोजन समाजको अग्रगामी परिवर्तन रहेको छ । कथा भन्ने शैली शिल्पीय छ। खेमराज पोखरेल |
Chhappan Bhog – Kumud Prasad Sharma
Reviews
There are no reviews yet.