वासुदेव ढुङ्गेल स्व. पिता खोमशङ्कर ढुङ्गेल तथा माता जानुका ढुङ्गेलका सन्तान (जेठा छोरा) हुनुहुन्छ । उहाँ वि.सं. २०२१।०१।१५ मा धनकुटा जिल्लाको ताङ्खुवा गाउँपञ्चायत वडा नं. २, सिँभुवा (हाल छथर जोरपाटी गाउँपालिका-३) मा जन्मनु भएको हो । केही समय त्रि.वि. महेन्द्ररत्न क्याम्पस ताहाचलमा प्राध्यापन गर्नु भएका ढुङ्गेलको स्थायी बसोबास सुनसरी जिल्लाको धरान उपमहानगरपालिका -१६, जनपथ हो । हाल उहाँ पुष्पलाल मेमोरियल कलेज चाबहिलमा सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा हनुहुन्छ । उहाँले लामो समयसम्म धरानस्थित विजयपुर स्कुलमा शैक्षिक तथा प्रशासनिक जिम्मेवारीमा रहेर विशेष योगदान गर्नुभएको छ ।
व्यवस्थापन, शिक्षा र कानुनमा स्नातक र नेपाली मूल विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गर्नुभएका ढुङ्गेलले लेखन, सम्पादन, समालोचना, प्राध्यापन तथा प्रशासनिक भूमिकामा रहेर योगदान गरिरहनुभएको छ । उहाँका प्रशस्त स्फुट रचना र लेखहरू प्रकाशित छन् । सर्जक ढुङ्गेलका विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म एकल तथा सहलेखन र सम्पादनका पाठ्य सामग्रीहरू विभिन्न प्रकाशन संस्थाबाट प्रकाशित छन् ।
‘छन्दमञ्जरी’ ढुङ्गेलको छन्दसँग सम्बद्ध खोजपरक अनुसन्धानात्मक सामग्री हो । फुटकर कविता, गीत तथा गजलमा कलम चलाउने ढुङ्गेल कागेश्वरी मनोहरा नगरपालिकाले प्रतिस्पर्धाबाट छनोट गरेको नगरगान लेखनमा उत्कृष्ट हुनुभएको छ । यस वापत उहाँले रु. ५० हजारको नगद पुरस्कार तथा प्रमाणपत्र समेत प्राप्त गर्नुभएको छ ।
Chhanda Manjari – Basudev Dhungel
Chhanda Manjari – Basudev Dhungel
छन्द मञ्जरी– वासुदेव ढुङ्गेल
₨490
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.