भुइँकुहिरोजस्तो जिन्दगी धेरै पटक विष्फोट, अझ घातक नै पनि हुन खोजेको छ कारण या अकारण नै। पानीको मुहाननजिक पुगेर अतृप्त फर्किनुपर्ने तिर्खाजस्तो भएको छ जिन्दगी। गुराँसफलका पातहरू त के कुरा, असुन्दर ढुङ्गाको देवताको अनुहार पनि हुन नसकेर ‘इनलाइटन्मेन्ट’ बाट वञ्चित हुने विवशताको अर्को नाम पनि भएको छ जिन्दगी। त्यति मात्र होइन, आफूभित्र उर्लिएको अन्धो आवेगको छालभित्र डुबाउन नसक्ता आफ्नै पत्नीलाई धुरुधुरु रोएको हेर्न पनि असमर्थ भएका छन् कैयन् पटक ‘चौबाटाको चारैतिर’ भित्रका पात्रहरू। आफ्नो स्वरूप बिर्सिएर महादेवमा रूपान्तरणको इच्छा गर्दा मान्छेहरू अझ अमान्छे हुनुपर्ने नियतिको सिकार पनि भएका छन् कथाहरूमा। प्रस्तुत कथाका पात्र विचरण गर्दा हाम्रा आँखा कहिले त निर्जीवजस्ता पनि हुन्छन् जसले कुनै शन्यताभित्र अर्थहीन र अर्थपूर्ण परिधिहरू देख्छन् । यस्तै-यस्तै परिधिभित्रका अन्यौल, चिन्ता अनि आत्मपीडाका दहन जीउभरि बोकेर चिसो र धमिलो मस्र्याङ्दी नदीभित्र डुबुल्की मार्दै सङ्लो मान्छे चाहनाको शैली तथा शिल्प-प्रक्षेपणमा अग्रसर छन् हिरण्य भोजपुरेका कथाहरू। – कृष्ण जोशी |
Chaubatako Charaitira – Hiranya Bhojpure
Reviews
There are no reviews yet