Charaibeti – Jiwan Jiwanta

चरैवेति– जीवन जीवन्त

Rated 5.00 out of 5 based on 1 customer rating
(1 customer review)

525

Availability: 5 in stock

SKU: Charaibeti Categories: , Tag:

निरन्तर खोजअनुसन्धान र सिर्जनाको समानान्तर चरित्रको नाम हो जीवन जीवन्त र यसै गतिशीलताभित्रको उपज हो चरैवेति । ज्ञानको गतिशीलता र अन्तिम सत्यको निरन्तर खोजीका क्रममा मानवसभ्याताले निर्माण गरेको विशाल ज्ञानसागरभित्र यो एउटा सानो बिन्दु हो । वेदान्तको सार्वभौम आप्तवाक्य ‘ब्रह्म सत्यम् जगत् मिथ्या’ को सारभूत अंशभित्रै चरैवेति बीजाङ्कुरित भएको हो । जगत् मिथ्या हो, भ्रम हो, माया हो भन्ने ज्ञानामृत प्राप्त भएपछि पनि सयौँ वर्षदेखि मानवसभ्याताले देश, धर्म, जाति, भाषा अनेक नाममा अनेक जगत् खडा गर्दै आएको छ। यसै मिथ्या जगत्भित्रका सप्तरङ्गी भ्रमबिच रुमलिएको एउटा अतृप्त पात्रको सत्य – खोजतर्फको यात्रा – प्रयास हो, चरैवेति । यसले परिवारभित्रको (अ) राजनीति, समाजभित्रको (अ)राजनीति, धर्मभित्रको (अ) राजनीति र संस्कृतिभित्रको (अ) राजनीतिबाट सिकार बनेको एउटा चरित्रको जीवन्त कथा बुनेको छ । अशिक्षाको अन्धकारभित्रको अश्वेत-भ्रम र शिक्षाको उज्यालोपछिको श्वेत-भ्रमबिचबाट उसको चरैवेति आरम्भ भएको छ ।
Charaibeti – Jiwan Jiwanta

Weight 0.2 kg
Authors

Language

Publisher

1 review for Charaibeti – Jiwan Jiwanta

  1. Rated 5 out of 5

    Jaga Dahal (verified)

    Brand new

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon