Chakradoom – Resham Giri |
अनुसन्धानका क्रममा जसलाई पनि लिन सकिन्छ तर साबि नभई सजायको भागिदार बनाउँदा अन्याय हुन्छ । प्राकृतिक न्यायको सिद्धान्तले ‘ पहिला सुन अनि थुन ‘ भन्छ । हाम्रोमा त्यस्तो अवस्था छैन । बाँदरलाई कुटदै भालु हुँ भन् , भालु हुँ भन् भनिरहने हो भने बाँदरले पनि कुटाइको पीडा सहन नसकेर हो म भालु नै हुँ भन्ला तर बाँदर भालु कहिल्यै हुन सक्दैन । निर्दोष व्यक्तिलाई दोषी बनाइनु हुँदैन अनुसन्धानका क्रममा भालुलाई बाँदर र बाँदरलाई भालु बनाउने प्रयास गर्नु हुँदैन । यहाँ यस्तै प्रकारको अनुसन्धान हुन्छ । जसका कारण कतिपय निर्दोष मानिसहरूले सजाय भोग्न बाध्य हुन्छन् ।
मेरो जिन्दगीको राजमार्गमा यति बिघ्न मोडहरू नआएको भए मैले जीवनको गाडी धेरै अगाडि कुदाइसकेको हुन्थेँ । मेरो जीवन गुड्ने होइन कुद्ने थियो । अचाक्लीका मोडहरूमा अचाक्लीपटक अचाक्लीसँग गाडी गाडियो , कुदाउन सकिनँ । गुडाइरहेको छु । आखिर गुडाउनु पनि त जिन्दगी हो । कसले भन्छ , गुडेको जिन्दगीलाई जिन्दगी होइन भनेर ? |
Reviews
There are no reviews yet