जतिखेर नायकको सृजना भएको थियो र उसको शक्ति तथा सौन्दर्य गौरव र प्रशंसाको विषय बनेको थियो, त्यतिखेर जनताले आफ्नो र मानवजातिका बीचमा प्रतिकूल रहेका प्रकृतिका बहुविध शक्तिहरूको विरोधमा आफ्ना सङ्गठित शक्ति लगाउन सकियोस् भनेर त्यस नायकलाई ईश्वर बनाउन जरुरी ठान्यो
।
व्याकुलतापूर्ण निराशामा जकडिएको छ, आजको व्यक्तिवादी । उसले धैर्य गुमाएको छ, जीवनमाथि आफ्नो पकड राख्नकै लागि उसले सारा प्रयत्न गर्नु परिरहेको छ। तर, उसको सामर्थ्यले काम गर्न छाडिसकेको छ र उसका लागि केही बाँकी बचेको छ भने त्यो हो, उसको धूर्तता । आत्मिक रूपले लखतरान, मानसिक सन्तापबाट व्याकुल ऊ छिनमा समाजवादसँग प्रेम गरेझैं गर्दछ भने छिनमा पुँजीवादलाई खुसी पार्ने काम गर्दछ । तापनि, आफ्नो सामाजिक मृत्यु आसन्न छ भन्ने पूर्वाभासले उसको क्षुद्र र रुग्ण ‘म’ को विघटनलाई अझ तीव्र रूप दिन्छ ।
कवि यस्तो साहित्यिक व्यक्ति हुन थालेको छ, जो उन्नत सत्य र अवलोकनको शिखरबाट क्षुद्र चाहनाको धरातलमा पछारिएको छ ।
Byaktitwako Bighathan – Ninu Chapagai
Byaktitwako Bighathan – Ninu Chapagai
₨335
Availability: 3 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.