Shop Online For Books | Stationery | Fashion | Gift Items

Brahmastra – Shailendra Adhikari

450

Availability: 5 in stock

SKU: Brahmastra (RBD) Categories: , , Tags: ,

शैलेन्द्र अधिकारीले मलाई आफ्नो पहिलो उपन्यास ‘निर्वेद’ उपहार दिँदै ‘पढेर प्रतिक्रिया दिनुहोला !’ वा यस्तै यस्तै केही भनेका थिए । म कुनै प्रतिक्रियावादी होइन । प्रतिक्रिया दान गर्दै हिँड्न त सवालै भएन । तर मैले तत्क्षण भनेको थिएँ, ‘मिस्टर अधिकारी ! आख्यान लेखनमा धेरै प्रयोग गर्न पाइने स्थान भनेकै कथा हो ।’ प्रिय पाठकवृन्द ! अब तपाईं शैलेन्द्र अधिकारीले रचेको ‘ब्रह्मास्त्र’ को संसारमा बिना पासपोर्ट, बिना भिसा, बिना ड्राइभिङ लाइसेन्स मस्तसँग मस्तमौला भई विचरण गर्नुहोस् ।
कुमार नगरकोटी
चराचरात्मक जगत्को आद्यान्त कारण ब्रह्मका व्यक्त-अव्यक्त अनेक रूप छन् । सृष्टिकार्यको अनवरत शृङ्खलामा समस्त प्राणीमध्ये अत्यन्त तेजस्वी र मेधावी जीवका रूपमा मानवको सिर्जना भएपछि ब्रह्माले बाँकी कामको जिम्मा मानवलाई दिएका छन् । त्यसकारण ब्रह्मास्त्र नै मानव हो । सृष्टि लयको नियामक ब्रह्मास्त्रको भूमिकामा मानव विराजमान छ तर त्यही मानव आजको प्रपञ्चमय समाजमा आइपुग्दा तेज र प्रभावरहित अवस्थामा स्खलित भएको कथा ब्रह्मास्त्रमा पढ्न पाइन्छ । स्वयम् ब्रह्मास्त्रका रूपमा अवतरित मानव उल्टै सामाजिक, नैतिक, मानसिक तथा वैचारिक ब्रह्मास्त्रले बनाएका घाउ निधारमा लिएर हिँडिरहेका भेटिन्छन्- यी कथाहरूमा । ब्रह्मास्त्र आधुनिक अश्वत्थामाहरूको विस्मयकारी सम्मेलन हो ।

Brahmastra – Shailendra Adhikari

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Kalawati
    Kalawati - Dalipkumar Malla
    1 X 275 = 275
    Shop Ratna Online
    Right Menu Icon