म पटक्कै निराश छैन । मैले के देख्दछु भने समग्र ऐतिहासिक परिप्रेक्ष्यमा हेरेको छु नेपाललाई । ३०/३५ वर्षदेखि त म नै एउटा प्रत्यक्ष सङ्लग्नताका साथ नेपालको लागि लागेको छु । म भन्दा पहिले टंकप्रसादहरू लागे अरू पनि धेरै मान्छे लागे कति मान्छे मरे । त्यसपछि पनि कति मान्छे मरे । मलाई के लाग्दछ भने यत्रो ठूलो प्रेरणा दिने तत्त्व जसमा हज्जारौ मान्छे जेल जान तयार भए, हाम्रा कैयौं साथीहरू होलान् । तिनले हर तरहबाट दुःख मात्र गरेनन्, आफ्नो प्राण समेत दिए । यत्रो प्रेरणा दिने जुन देश छ, यो हत्पति खत्तम होला जस्तो मलाई लाग्दैन र, कथंकदाचित् खत्तम भयो भने यो तमाम त्याग बलिदान, त्यो पनि व्यर्थ भएर जाने छ । कति प्रतिभाशाली युवाहरू मारिए । म त्यो कल्पना पनि गर्न सक्दिन यति मान्छेहरू निरर्थक मरेर गए, एउटा इतिहासले नमानेको बाटोमा हिंडेर यिनीहरूले आफूलाई आहुति दिए भनेर । त्यसो हुनाले, मलाई यसले कहिल्यै पनि निराश हुन दिएन । जब मैले भन्दा त्यति मान्छे जेलमा गए, एउटा आदर्शको कुराको लागि त्यतिका मान्छेले प्राण त्यागे भन्दाखेरि ठूलो शक्ति रहेछ यस देशमा त्यसलाई जीवित राख्ने । त्यसो हुनाले देर होस्, अबेर होस् वा चाँडै होस् जबसम्म हाम्रो देश रहन्छ, रहने सामर्थ्य छ भनेदेखि यो त्याग सबै सार्थक हुने भयो नत्र भने यो सबै निरर्थक हुनेछ । यो मेरो आत्मगत धारणा हुनसक्छ ।
000
अर्को कुरा म नरहेको खण्डमा कसले यी कुरा सम्झाउँछ पनि भन्छन् । त्यो पनि मलाई गलत कुरो हो जस्तो लाग्छ । के कारणले गतल भने यदि एउटै व्यक्तिको आधारमा, जतिसुकै ठूलो व्यक्तिको आधारमा नै देश जीवित रहने हुन्छ भने त्यो देश रहँदैन । यदि भित्र कुनै अर्को तत्त्व छ, देशलाई बचाउने, सामर्थ्य छ देशभित्र भने र त्यो व्यक्तिले त्यो सामर्थ्यको पहिचान गरेर मात्रै बोलेको छ भनेदेखि त त्यो अर्कै कुरा हो । तर होइन एउटा मान्छेले सामर्थ्य नभएको कुरालाई बोलेर भ्रमात्मक पारिदिएको छ भने त्यो व्यक्ति रहेन भने देशको भविष्य छैन भने जस्तो हुन्छ ।
– बीपी कोइरालाको अन्तिम सन्देशबाट
BP baad (BP Bichar Rastriya Samaj) – Basudev Khanal
BP baad (BP Bichar Rastriya Samaj) – Basudev Khanal
बीपीवाद बीपी विचार राष्ट्रिय समाज– वासुदेव खनाल
US$10
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet