Bishweshwar Prasad Koirala: Shatabdi Sandarba – Lekhnath Bhandari |
कोइरालाले प्रभावित नपारेको नेपाली राष्ट्रिय जीवनको कुनै पनि पक्ष छैन । उहाँले हाम्रो मध्ययुगीन समाजलाई हठात् आधुनिक समाजका रूपमा परिवर्तन गर्ने जुन प्रयास गर्नुभयो , सायद कतिपय अर्थमा त्यो पीडाजनक थियो , तर त्यसको सबैभन्दा चर्को पीडा उहाँ स्वयंले भोग्नुभएको थियो । त्यही पीडाको उपज कोइरालाका साहित्यिक एवं राजनीतिक कृतिहरू थिए , जसको स्वाद हामीले उपभोग गरेका छौं । तर , समस्या के छ भने उहाँले जे – जस्ता सामाजिक , साहित्यिक , कलात्मक , नैतिक मूल्यहरूलाई प्रतिस्थापन गर्न आजीवन प्रयत्न गर्नुभयो र त्यसको निम्ति विरोध र आलोचनाको हुरी खप्नुप – यो । ती मूल्यहरूलाई हाम्रो समाजले अझै पूर्णतया स्वीकार गर्न सकेको छैन । यही नै कोइरालाका कृतिहरूको मूल्याङ्कनमा आइपर्ने समस्या हो । – जयराज आचार्य विपीको विश्ववादी चिन्तनले संसारभरिका सबैको सार्वभौमिकताको कदर र एकअर्काको स्वतन्त्रताप्रति उत्तरदायी रहनुपर्ने मूल्य मान्यतालाई प्राथमिकता दिएको छ । यो यस्तो सोच हो , जसले राष्ट्रको सार्वभौमिकताका साथै देशका व्यक्तिविशेषको स्वतन्त्रता र विकासलाई अपरिहार्य मान्दछ । मलाई लाग्छ , यो मूल्यमा आएर विपीका राजनीतिक विचारहरू उनका साहित्यिक विचारसँग केही मिल्न आउँछन् । विपीका पात्रहरू , तीन घुम्तीकी इन्द्रमाया , नरेन्द्र दाइकी मुनरिया आफ्नो निर्णय र सार्वभौमिकताको वकालत गर्छन् र समाजका पुराना विचारबाहिर आफ्ना नयाँ मूल्य – मान्यता तय गर्न चाहन्छन् । आफूप्रति उत्तरदायी हुनु नै अरुप्रति उत्तरदायी हुनु हो भन्ने भावना तीन घुम्तीकी इन्द्रमायाले राखेको देखिन्छ । यसरी विश्वका साना – ठूला सबैबीच समानता कसरी कायम गर्न सकिन्छ भन्ने प्रश्न विपीले साहित्यमा पनि समेट्ने कोसिस गरे । |
Reviews
There are no reviews yet