Shop Online For Books | Stationery | Fashion | Gift Items

Bisangat Basti – Rishi Bastakoti

250

Availability: 5 in stock

SKU: Bisangat Basti (RBD) Categories: , , Tag:
ऋषि बस्ताकोटी समकालीन नेपाली साहित्यका एक सशक्त कवि, गजलकार तथा मुक्तककार हुन् । क्यानाडाबाट वातावरणीय नीति विषयमा विद्यावारिधिको उपाधि हाँसिल गरी उनी हाल संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना सरकारको वातावरण विभागमा वरिष्ठ वातावरण विज्ञको रूपमा कार्यरत छन् । विसंगत बस्ती उनको दोस्रो साहित्यिक कृति हो । यस सङ्ग्रहका अधिकांश मुक्तकमा उनले देशको दुरावस्था र राजनीतिको विडम्बनापूर्ण अवस्थाको चित्रण गरेका छन् । समकालीन मुक्तकहरूमा अभिव्यक्त हुने विभेद, विसङ्गति, समयका विविध आयामहरूका चित्रण ऋषिका मुक्तकहरूमा पाइन्छन् ।
-सरूभक्त

कवि ऋषि बस्ताकोटी मुक्तककृति लिएर आएका छन् । जहाँ जीवनका घामछायाँ छन् । सुखदुखका उकाली ओराली छन् । समयका दृश्यपरिदृश्य छन् । प्रेम छ, माटोप्रतिको अनाग छ। कतै फल कतै काँडा छन् । जसलाई आफ्ना भावसँगै शब्द शैलीमा प्रस्तुत गरेका छन् उनले । हामी साँच्चै नै विसङ्गत वर्तमानको चक्रव्यूहमा छौं, अविजालोमा छौं । हाम्रो आशाको घाम कालो वादलले छेकेको छ, हामी निर्निमेष हेरिरहेछौं दुखिरहेको समयलाई । मुक्तककार बस्ताकोटीभित्र माटोप्रतिको अनुराग उद्वेलित छ । उनका मुक्तकमा विषयको विविधता, शिल्पमा विशिष्टता र भावको गम्भीरता भेटिन्छन्।
-विवश पोखरेल

Bisangat Basti – Rishi Bastakoti

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon