डा. गणेशराज अधिकारी
डा. गणेशराज अधिकारी देवीप्रसाद तथा भगवती अधिकारीका ७ सन्तानमध्येका तेस्रो सन्तान हुनुहुन्छ । धनकुटा जिल्लाको हात्तिखर्कमा जन्मनु भएका डा अधिकारी हाल त्रि.वि. शिक्षाशास्त्र सङ्कायअन्तर्गत महेन्द्ररत्न क्याम्पस ताहाचलमा प्राध्यापनरत हुनुहुन्छ । वि सं. २०५० देखि २०६४ सम्म सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्यापन गर्दै आउनु भएका अधिकारी वि सं. २०५७ देखि आंशिक शिक्षक तथा २०६५ देखि त्रि वि सेवामा शिक्षण सहायकबाट सेवा प्रारम्भ गरी हाल उपप्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ । २०७२ मा शिक्षा पुरस्कार पाउनु भएका अधिकारी यसै वर्ष नेपाल विद्याभूषण क पदकका लागि सिफारिसमा पर्नु भएको छ ।
डा. अधिकारीका प्रशस्त फुटकर लेखरचनाहरू प्रकाशित छन् । विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्य सामग्री लेखनमा कतै सहलेखक र कतै एकल लेखकका रूपमा परिचित छन् । सम्प्रेषण, झर्ना, कस्मिक भिजन, पशुपति प्रज्ञा, प्रज्ञारत्न, शिक्षक जर्नल, रजहाँस, पुष्पदर्पणजस्ता पठनीय सामग्रीमा समीक्षा, समालोचना र स्वतन्त्र प्रकृतिका रचनाहरू पनि प्रकाशित छन् । डा. अधिकारीका पाठ्यक्रम निर्दिष्ट पाठ्यपुस्तकका रूपमा ५० भन्दा बढी पुस्तकहरू प्रकाशित भइसकेका छन् ।
वीरसिक्का डा. अधिकारीले पुनर्कथन गरेर तयार गरेको कथाको सँगालो हो । यसमा ५ भाग र ४७ अङ्कमा विभक्त भएका कथाहरू रहेका छन् । मूल लेखक हरिहर शर्मा लामिछाने र शिवदत्त शर्मा रहेको यस कृतिले अनेक चातुरी खिस्साहरू सुनाउँछ । कथामा मनोरञ्जन, उपदेश, रहस्यमय विषय, कुटनीति, अर्थनीति, राजनीति, धर्मनीति, पराक्रम, शौर्य, बहादुरी, साहस एवम् देशभक्तिका विषय समेटिएका छन् ।
Birsikka – Ganesharaj Adhikari
Reviews
There are no reviews yet