Bipashyana Sadhana – Murali Adhikari

विपश्यना साधना – मुरली अधिकारी

575

Availability: 5 in stock

SKU: Bipashyana Sadhana (RBD) Categories: , Tags: ,

निर्वाण अप्राप्तिका अनेकौं कारणहरु छन् । ती कारणहरुमध्ये सबैभन्दा मूल कारण यो जगतमा सदैव पूरक, अपूर्ण, भ्रामक, मिथ्या आदि प्रकृतिका साधनाहरुको साम्राज्य रहनु नै हो । यो जगतमा असत्य निर्वाण साधनाहरुको यति भयावह साम्राज्य उपस्थिति छ कि स्वयं बुद्ध जस्तो संसार विषयहरुबाट पूर्ण वैराग्य प्राप्त पुरुषलाई पनि यो साधना सिद्ध गर्न झण्डै ६ वर्षको समय लागेको छ । स्वयं भगवान् कृष्णलाई अवतारको रुपमा अवतरित भई गीता वाचन गर्नु परेको छ । असंख्य साधकहरुलाई अनेकन साधना भ्रम, संघर्ष आदिमा फसी जीवन र समयको बर वादी भोग्नु परेको छ ।
,
धम्म वा प्रकृतिका शाश्वत नियमहरु क्रियाशील तपाईंको जीवन संरचना नै यस्तो छ कि यो संरचनामा इन्द्रिय विषयको मिलनको कारण उत्पन्न हुने राग (सुखद) द्वेष (दुःखद) अनुभूति वा संवेदनाहरुप्रति समभावी नभएसम्म तपाईं वर्षों वर्ष त के कल्प कल्प साधना गरे पनि निर्वाण प्राप्त गर्न असमर्थ नै रहनुहुन्छ । स्वयंको काय र चित्तमा उत्पन्न हुने समवेदनाहरुको समभाव नै विपश्यना साधना हो । गीतामा भगवान् कृष्णले ब्याख्या गर्नुभएको ‘समदुःख सुखम्’ पनि विपश्यना साधना नै हो । विपश्यना साधना यो जगतको एक मात्र सत्य मोक्ष साधना विधि हो ।
नै
यो पुस्तकमा यही सत्य साधना विधिको सम्पूर्ण सैद्धान्तिक पक्षहरु, ती सैद्धान्तिक पक्षहरुलाई साधनामा उतार्ने विधिहरु साथै विपश्यना साधनासँग जोडिएका प्रश्नहरुको उत्तर पनि गहन रुपमा ब्याख्या गरिएको छ । निर्वाण अविलाषी सम्पूर्ण साधकहरुको लागि भगवान् बुद्धको यो कृति अन्तन्त महत्वपूर्ण साधना ग्रन्थ हो ।
Bipashyana Sadhana – Murali Adhikari

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon