Shop Online For Books | Stationery | Fashion | Gift Items

Binaya Kasajuka Laghukatha Sirjana Ra Bibechana – Puskar Raj Bhatta

500

Availability: 5 in stock

SKU: Binaya Kasajuka Laghukatha Sirjana Ra Bibechana (RBD) Categories: , Tag:
विनय कसजू बालवाङ्मय तथा अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष मात्र हुनुहुन्थेन, उहाँ नेपाली वाङ्मय क्षेत्रकै प्रतिष्ठित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ नेपाली बालसाहित्यका प्रखर स्रष्टा र चिन्तक त हुनुहुन्थ्यो नै, त्यसबाहेक नेपाली लघुकथाका विशिष्ट सिर्जनशिल्पी पनि हुनुहुन्थ्यो।
-प्रमोद प्रधान

समग्रमा भन्नुपर्दा विनय कसजू नेपाली लघुकथा परम्परामा एक उत्कृष्ट लघुकथा सर्जक हुन् । यिनले आफ्नो मौलिक परम्पराका माध्यमबाट नेपाली लघुकथा लेखनलाई समृद्ध पारेका छन् । इतिहासका विभिन्न कालखण्डमा भएका राजनीतिक विकृतिको उत्खनन्, सामाजिक विसङ्गतिप्रतिको आलोचनात्मक चेतले यिनका रचना महत्त्वपूर्ण स्थान राख्दछन् । यिनका लघुकथामा परम्परागत चिन्तनप्रतिको विरोध मात्र छैन, आधुनिकताका नाममा देखिएको छाडापनप्रतिको आलोचना पनि छ। कसजूका रचना असल मानवीय मूल्यको स्थापनाको चिन्तनबाट अनुप्राणित छ। यी रचनामा सर्वसाधारण भुइँमान्छेको जीवनगाथा आएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक हिसाबले पछि पारिएका जनताको आवाजलाई स्वर प्रदान गर्नु लेखकका रचनाको मूल पक्ष हो । विशेषत: मिथकीय प्रयोगका साथै अमानवेत्तर पात्रका माध्यमबाट शासकीय निरंकुशताको विरोध, गलत चिन्तन वा प्रवृत्तिप्रतिको । व्यङ्ग्य, सामाजिक असमानताको विरोध, जनताको संगठित शक्तिमाथिको विश्वास कसजूका रचनाको मूल पक्ष बनेर आएको छ।
– डा. पुष्करराज भट्ट

Binaya Kasajuka Laghukatha Sirjana Ra Bibechana – Puskar Raj Bhatta

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon