१९०० सालदेखि १९०३ सालसम्मको चार बर्षको अवधि नेपालको इतिहासमा ठूलो उथलपुथलको समय थियो। यस अवधिमा प्रधानमन्त्री रणजङ्ग पाण्डेलाई विष खुवाई मारियो, माथवर सिंहको हत्या गरियो र १९०३ असोजमा गगन सिंहको हत्या गरिएपछि कोतपर्वमा फत्यजंग चौतारिया लगायत अनेक भारदारहरुको निर्मम हत्या गरियो। चारवर्षको अवधिमा चारजना प्रधानमंत्रीको रगतले नेपालको वरदभूमि रातो भयो। त्यसबेला भीमसेन थापाले सेरिएर मर्नु परेको सातवर्ष भएको थियो। यसको लगत्तैपछि जंगबहादुर आएपछि १०४ वर्षको जहानियाँ शासनको शुरुवात भयो। त्यसैताका विजयराज पनि देखा परे। उनी गोरखाका राजा नरभूपाल शाहका गुरु गौरीश्वरका छोरा जगन्निवासका पनाती थिए। जंगबहादुरको सहयोगी मात्र भएर होइन उनको पुख्र्यौली पृष्ठभूमि समेत उनको दरवार प्रवेशमा सहायक भयो। उनले १९०३ को कोतपर्वमा हत्याकाण्ड भईसकेपछि श्री ५ राजेन्द्रलाई कोतभित्र जान रोके र त्यसको एक महिनापछि भएको भंडारखाल पर्वमा त ऐतिहासिक भूमिका खेले जसबाट इतिहास नै बदलियो। यस रचनामा काशी र सुगौलीबाट श्री ५ राजेन्द्रले विजयराजलाई पठाएका पत्रहरुवाट नेपालको इतिहासमा नै केही नयाँ कुरा प्रकाशमा आउने खालका तथ्यहरु प्रस्तुत गरिएका छन्।
Bijaya Raj Pandit – Jiwani (1862-1935) – Prakash A. Raj
Rare/Excl.
Bijaya Raj Pandit – Jiwani (1862-1935) – Prakash A. Raj
विजयराज पण्डित–जीवनी (१८६२–१९३५)– प्रकाश ए. राज
₨250
Out of stock
Restock Email Notification
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet