विद्यार्थी नेता क.नारायण खनालद्वारा लेखिएको ‘विद्यार्थी आन्दोलन र राजनीति’ पुस्तकले संक्षिप्तरूपमा भए पनि नेपालको भौगोलिक एकीकरणपछि बाँकी रहेको मनोवैज्ञानिक एकीकरणको कार्यभार हाम्रो नेतृत्वमा सञ्चालित महान् जनयुद्ध र हाम्रै पहलकदमी तथा नेतृत्वमा बनेको संविधानले मूलभूतरूपमा पूरा गरेको तथ्य औल्याएको छ, यो महत्त्वपूर्ण पक्ष हो । यो पुस्तकले अघि सारेको अर्को महत्त्वपूर्ण पक्षको रूपमा मैले ‘जलवायु परिवर्तन र समाजवाद’लाई लिएको छु । मरणासन्न पुँजीवादी व्यवस्थाबाट सिर्जित विश्वकै समस्याको रूपमा देखापरिरहेको जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न मानवता, न्याय र समानतामा आधारित समाजवादी विश्व ब्यवस्था आवश्यक छ भन्ने पुस्तकको निष्कर्ष • आधारभूत रूपमा सही छ । यो अवधारणालाई अझै विस्तार गर्दै युवा विद्यार्थीमाझ विश्वका तमाम् समस्याको समाधान समाजवादबाट मात्रै सम्भव छ भन्ने तथ्य स्थापित गर्नु आवश्यक छ ।
܀܀܀
–
पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
विद्यार्थी आन्दोलनमा लामो समयदेखि वैचारिक, राजनैतिक एवं सांगठनिक रूपले सक्रिय युवा नारायण खनालले ‘विद्यार्थी आन्दोलन र राजनीति’ मार्फत समकालीन शैक्षिक आन्दोलनका अनुभव र शिक्षालाई लिपिबद्ध गरेका छन् । यसले युवा आन्दोलनलाई प्रभावकारी बनाउन उत्प्रेरित गर्ने छ ।
जनार्दन शर्मा ‘प्रभाकर’
उपमहासचिव एवं संगठन विभाग प्रमुख, नेकपा (माओवादी केन्द्र)
܀܀܀
‘विद्यार्थी आन्दोलन र राजनीति’ भन्ने शीर्षकमा तयार भएको पुस्तकले नयाँ युवा विद्यार्थी पुस्तामा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दृष्टिकोण निर्माण गर्न र अन्तर्राष्ट्रिय विद्यार्थी आन्दोलन, नेपाली विद्यार्थी आन्दोलनको बहुआयामिक पक्षहरूको अध्ययनसँगै क्रान्तिकारी धार स्थापित गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु ।
– पंचा सिंह
Bidhyarthi Andolan ra Rajniti – Narayan Khanal
Bidhyarthi Andolan ra Rajniti – Narayan Khanal
विद्यार्थी आन्दोलन र राजनीति
₨350
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet