नियात्रामा रम्नु नियात्रामा जम्नु घनश्याम राजकर्णिकारको विशेषता हो । त्यसैले उनी नियात्रा लेख्ने योजनाले मात्रै यात्रा गर्दैनन् तर पाइतालाले यात्रा छोट्याइसक्ने बित्तिकै उनको कलम बिजुली गतिले नियात्रा लेख्न तल्लीन हुने गर्दछ । यात्रामा प्राप्त भएका सामग्रीलाई उनी माना-पाथीले नभरिकन भावनाको तुलोमा जोखेर नियात्राको न्वारन गर्दछन् । त्यसैले त उनका नियात्राहरू सरलता, सहजता र संवेद्यताका दृष्टिले उत्कृष्ट ठहरिन पुगेका छन् । उनको ‘विदेशको यात्रा स्वदेशको सम्झना’ यस कृतिका बारेमा खासै केही बोल्नु पर्दैन । कृति आफैं यहाँ पाठकसँग भलाकुसारी गरिरहेको छ । यो आफ्ना बारेमा स्वतस्फूर्त बनेर आएको छ । यस कृतिले भौतिक रूपबाट विदेशको यात्रा गरेको भए तापनि मानसिकताका कोणबाट राष्ट्रियताको यात्रा चलाएको छ । नियात्राकार आफू विदेशका जुन-जुन स्थानमा पुगेका छन् ती-ती स्थानका रोचक सूचनाप्रद तथ्यहरूमा अनुभूतिको चास्नी हालेर नियात्रालाई जीवन्त तुल्याउन सफल भएका छन् । त्यसैले यो नियात्रा सङ्ग्रह पुराना पाठकदेखि लिएर नयाँ पाठकहरूका माझमा सदाबहार सामग्री बनेर मुस्कुराइरहेको छ । यसको दसी-प्रमाण नै छैठौं संस्करण हो । |
Bideshko Yatra Swadeshko Samjhana – Ghanshyam Rajkarnikar
Reviews
There are no reviews yet