अप्ठेरोमा मैले केही गर्न पाइनँ। मैले कानुन पढें । राजनीति शास्त्र पढें । समाजशास्त्र पढ़ें । जति पढे-बुझे पनि मेरो ज्ञानले काम गरेन । म जति बलियो भए पनि त्यो बलले पनि काम गरेन । निर्धो धनजितले देउताको सहारा लियो । ऊ नै आखिर विजेता भयो । मैले हारेँ। जाऊ रूपामती जाऊ । मैले आत्मसमपर्ण गरेँ । मैले प्रेमको बलिदान गरेँ ।’
एकछिनसम्म उनलाई सम्झाएँ । आँट दिन खोजें । ममा यस्तो सहने शक्ति एकाएक कसरी आयो, मलाई नै थाहा भएन ।
रूपामती केही बेर मेरो अँगालोमा झुन्डिइन् । भक्कानो छोडेर रून थालिन् । म केही बोल्न सकिनँ । फेरि मेरो मुखतिर हेरिन् । केही नबोली आँसु चुहाउँदै आफ्नो बाटो लागिन् ।
म एकछिनसम्म रूपामती गएको बाटो हेरिरहेँ, निर्निमेष । उनैले कुल्चेको माटो समातें । पोको पारें । भित्री गोजीमा हाल्दै भनेँ- ‘तिम्रो पाइलो अर्को जुनी मेरै घरमा होस् ।’
Bhya – Bakhatbahadur Shahi
Bhya – Bakhatbahadur Shahi
भ्या– बखतबहादुर शाही
₨525
Availability: 4 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet