आधुनिक नेपाली कविताका शिखर कवि भूपी आज पनि उत्तिकै आदरपूर्वक पढिन्छन् । कवितामा मानवीय संवेदनाको सार पर्गेल्दै सामाजिक न्यायको पक्षपोषण गर्ने उनको जीवन भने विरोधाभास र रहस्यमै बित्यो । यही विरोधाभासका कारण उनी सिर्जनासँगै किस्साहरूमा पनि बाँच्नुपयो ।
अल्पायुमै अस्ताएका भूपीले रहस्यका कैयौं छिद्र यत्तिकै छाडे, जो उनी गएसँगै अनुत्तरित रहे । भूपी बितेको दशकौंपछि छोरी कविताले भूपी : छोरीको स्मृतिमामार्फत बुबासँगको सम्बन्ध, धनाढ्य भएर पनि सर्वहारा कवि व्यक्तित्व निर्माणका कारक र किस्सा केलाउँदै अनुत्तरित प्रश्नको जवाफ खोज्ने प्रचेष्टा गरेकी छिन् ।
भूपीलाई नजिकबाट चियाउने यस किताबले बाहिर चम्किलो र आकर्षक तर भित्र अथाह पीडा बोकेका कवि भूपीको अन्तरङ्ग चित्र – चरित्रमाथि प्रकाश पार्छ ।
Bhupi Choriko Smritima – Kavita Sherchan
Best Seller
Bhupi Choriko Smritima – Kavita Sherchan
भूपी छोरीको स्मृतिमा– कविता शेरचन
₨525
Availability: 2 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
1 review for Bhupi Choriko Smritima – Kavita Sherchan
Only logged in customers who have purchased this product may leave a review.
Ballav Kattel (verified) –
Received on time, excellent!