Bhayeka Ra Gujreka Ghatanaharu – Purushotam Shamser Jabara

भएका र गज्रेका घटनाहरू– पुरुषोत्तम शमशेर बजरा

225

Availability: 3 in stock

SKU: Bhayeka Ra Gujreka Ghatanaharu (RBD) Categories: , Tags: ,

Bhayeka Ra Gujreka Ghatanaharu – Purushotam Shamser Jabara
इहितासकार श्री पुरुषोत्तमशमशेर ज.ब.रा. को जन्म वि.सं. १९८२ चैत्र महिनामा भएको हो । उहाँ नेपालका प्रथम फिल्ड मार्सल रुद्रशमशेरका नाति र कर्णेल ईश्वरशमशेरका छोरा हुनुहुन्छ । उहाँले भारतको जयनारायण कलेज वाराणसीबाट उच्च शिक्षा हासिल गर्नुभएको हो ।
उहाँ युवावस्था अर्थात् वि.सं. १९९७ सालदेखि नै प्रजातान्त्रिक भावनाबाट प्रेरित हुनुहुन्थ्यो भने वि.सं. २००७ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । त्यसबेला उहाँ पश्चिम क्षेत्र कृष्णनगर र बहादुरगञ्जमा हातहतियार, खरखजना र खाकी पोशाक आदि सरसामानहरु भारतको बङ्गाल, उत्तर प्रदेश, बिहार प्रान्तहरुबाट र नेपाल तराईतर्फका जमीन्दारहरुबाट रसद इत्यादि समेत मुक्ति सेनाका लागि मोर्चासम्म पुऱ्याउने कार्य गर्नुहुन्थ्यो । स्वर्गीय श्री ५ त्रिभुवन नयाँ दिल्लीको हैदर ाबाद हाउसमा भारत सरकारको पाहुनाको रुपमा राज होइबक्सेको बखत उहाँ बराबर त्यहाँ गएर विभिन्न क्षेत्रका सन्देशहरु श्री ५ त्रिभुवनमा जाहेर गर्नुहुन्थ्यो । विद्वान इतिहासकारका रुपमा प्रसिद्धि पाउनुभएका पुरुषोत्तमशमशेरको श्री ३ हरुको तथ्य वृत्तान्त पुस्तक दुई भागमा (प्रथम संस्करण वि.सं. २०४७ र दोस्रो संस्करण २०५९), अंग्रेजी भाषामा “जङ्गबहाजुर राणा : द स्टोरी अफ हिज राइज एण्ड ग्लोरी” नामक पुस्तक २०५५ सालमा र “सम्झेका र सुनेका कुराहरु (२०६०)” प्रकाशित भएका छन् । नेपाली र अंग्रेजी दुबै भाषामा लेखिएको नेपालका ऐतिहासिक व्यक्तित्वहरुसम्बन्धी उहाँका अनेकौं लेखहरु विभिन्न अन्तर्राष्ट्रिय, राष्ट्रिय, दैनिक तथा साप्ताहिक पत्रिकाहरुमा प्रकाशित भएका छन्। नेपाली इतिहास तथा दुर्लभ चित्रहरुका सम्बन्धमा रेडियो तथा नेपाल टेलिभिजनमा उहाँका अन्तर्वार्ताहरु पनि प्रसारण भएका छन् ।
विभिन्न अवसरहरुमा उहाँले भारत, पाकिस्तान, बङ्गलादेश, तिब्बत, थाइल्याण्ड, हङकङ, सिङ्गापुर, जर्मनी, हल्याण्ड, अमेरिका, क्यानडा आदि विदेशी मुलुकहरुको भ्रमण गर्नुभएको छ ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon