विगत छ दशकदेखि भाषा र साहित्यको प्राध्यापन, अनुसन्धान र लेखनका कार्यमा संलग्न रहिआएका प्राध्यापक डा. चूडामणि बन्धुको विशेष रुचिको क्षेत्र भाषाविज्ञान नै रहेको छ । Relativization in Nepali शीर्षकमा सन् १९८० मा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेका बन्धुका भाषाविज्ञान र नेपाली साहित्य तथा लोक साहित्यसम्बन्धी अनेक पुस्तक र लेखहरू नेपाली तथा अङ्ग्रेजी भाषामा प्रकाशित छन् । उहाँका भाषाविषयक प्रमुख कृतिहरू हुन्: नेपाली भाषाको उत्पत्ति (२०२५), भाषाविज्ञान (२०२७), कर्णाली लोकसंस्कृति खण्ड ४: भाषा (२०२८), Sinjali Studies in Linguistic Behaviour (सन् १९७१), Clause Patterns in Nepali (सन् १९७३) तथा नेपाली व्याकरणका केही पक्ष (सम्पा. २०४५) । २०४१ देखि २०४७ सम्म नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा प्राज्ञसमेत रहेका प्राध्यापक बन्धु २०५३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत भाषाविज्ञान केन्द्रीय विभागको स्थापना भएपछि त्यस विभागका संस्थापक विभागीय प्रमुख हुनुभयो । व्यावहारिक रूपमा सेवानिवृत्त भएपछि पनि उहाँ विद्यादानमा निरन्तर “क्रियाशील हुनुहुन्छ ।
वैदिक कालदेखिका विविध चिन्तनहरूले भाषाको प्रकृति बुझ्ने र बुझाउने काम गर्दै आएका छन् । विशेष गरी आधुनिक भाषाविज्ञानको जन्मपछि भाषाको अध्ययनका विभिन्न पद्धति र सिद्धान्तहरू निस्केका छन् र सम्प्रदायहरू बनेका छन् । यस पुस्तकमा भाषाविज्ञानका तिनै प्रमुख सम्प्रदायहरूको चर्चा गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिकशास्त्र सङ्काय र शिक्षाशास्त्र सङ्कायका पाठ्यक्रमहरूमा भाषावित्रानका विभिन्न सम्प्रदायबारेका पाठ्यसामग्री पनि रहेका छन् । यस पुस्तकले तिनै विविध सम्प्रदायबारे जानकारी दिने उद्देश्य राखेको छ ।
Bhasha Bigyanka Sampradaya – Chudamani Bandhu
Reviews
There are no reviews yet