रामपुर – ५, पाल्पाका स्थायी बसोबासी आचार्य तुलसी राम पोखरेलले संस्कृत साहित्यमा आचार्य र कानुनमा बिएलसम्म अध्ययन गर्नुभएको छ । उहाँ धार्मिक प्रवक्ता, कानुनी अधिवक्ता मात्रै नभएर साहित्य र समाजसेवामा समेत सक्रिय हुनुहुन्छ ।
पोखरेलका ज्योतिष दर्शन, लघु गृहस्थ धर्म, परिवर्तन (कविता सङ्ग्रह), समसामयिक विचार लगायत एक दर्जन पुस्तक प्रकाशित छन् ।
प्रेम शाश्वत अनि सर्वत्र छ । प्रेमविना यो सृष्टि चल्नै सक्दैन । लेखकले भगवान्का प्रेमकथा मार्फत् हाम्रा धार्मिक ग्रन्थहरूमा चर्चा गरिएका भगवान्का प्रेम र रोमान्सबारे महत्वपूर्ण कथाहरू सङ्कलन तथा पुनर्लेखन गर्नुभएको छ । पृथ्वी लोकमा हामीले पुरुष र महिलाबिचका प्रेमकथा त प्रशस्तै सुनेका छौं तर भगवान्का प्रेमकथा भने पक्कै पनि पर्याप्त सुन्ने र पढ्ने मौका पाएका छैनौं । यस पुस्तकले यिनै अमर कथाहरू पढ्ने अवसर प्रदान गर्नेछ ।
Bhagawanka Premkatha – Acharya Tulasi Ram Pokharel
Reviews
There are no reviews yet