संसारका सर्वाधिक लोकप्रिय आध्यात्मिक ग्रन्थमध्येको हो भगवद्गीता । जति पढे पनि पढूँ पढूँ, पढिरहूँ लाग्ने कालजयी कृति हो गीता । अहिले तपाईंको हातमा परेको यो पुस्तक गीता सम्बन्धी नेपाली भाषामा लेखिएको डा. भूचन्द्र बैद्यको गहनतम कृतिको तेश्रो, परिमार्जित प्रस्तुति हो । यसमा महाभारतको कथा- सार दिइएको छ, गीताका अठारै अध्यायको सार-संक्षेप बताइएको छ, गीताको अमर सन्देश सजिलै बुझ्न सकिने शैलीमा प्रस्तुत गरिएको छ, र गीताका श्लोकलाई गाउन मिल्ने किसिमले सरल नेपाली बोलीमा लेखिएको छ । मूल श्लोक पनि पढ्न चाहनेका लागि यहाँ संस्कृत श्लोक पनि समावेश गरिएको छ ।
भक्तपुरमा जन्म भई नेपाल र भारतमा अध्ययन गरेका डा. भूचन्द्र बैद्य एक ताका त्रिभुवन विश्वविद्यालय, केन्द्रिय अर्थशास्त्र विभागका प्राध्यापक एवं प्रमुख थिए । उनले केही समय देश-विदेशमा शिक्षा योजनाकार तथा मानव विकाश अर्थशास्त्रीका रूपमा कार्य गरे । तत्पश्चात्
उनी पेशागत जीवनबाट स्वेच्छाले अवकाश लिई आध्यात्मिक विषयतर्फ आकर्षित हुन पुगे । अर्थशास्त्र र शिक्षासम्बन्धी उनका पुस्तक, लेख आदि देश-विदेशमा छापिएका छन् । यो पुस्तकबाहेक उनका Essence of the Gita, भगवद्गीता The Song Supreme, हे कृष्ण !, र सियाराम कथा धेरै चर्चित भएका छन् ।
Bhagawadgeeta (EBH) – Bhuchandra Baidhya
Bhagawadgeeta (EBH) – Bhuchandra Baidhya
भगवद्गीता (ईबीएच)– भुचन्द्र वैद्य
₨899
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet