Baneshworko Serophero – Shree Hari Aryal

1,001.00

Availability: 5 in stock

SKU: Baneshworko Serophero (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

वरिष्ठ अधिवक्ता, कानुनका अब्बल ज्ञाता, लोकतान्त्रिक मूल्य मान्यतामा सदैव अडिग, बौद्धिक एवं सरल व्यक्तिको रूपमा चिनिनुभएका श्री श्रीहरि अर्यालजीले बानेश्वर क्षेत्रका ऐतिहासिक एवं धार्मिक स्थलहरू. प्राचीन पाटीपौवाहरू. राणाकालदेखि आजसम्मको त्यहाँको विकासक्रम र त्यहाँका महत्त्वपूर्ण स्थान एवं व्यक्तित्वहरूको साथै आफ्नो बाल्यकालका प्रसङ्ग आदि विविध सामग्रीलाई समेत समाहित गरेर परिश्रमपूर्वक तयार पार्नुभएको यो पुस्तक महत्त्वपूर्ण कृतिको रूपमा पाठकसामु आउने विश्वास लिएको छु ।
-माननीय प्रकाशमान सिंह

यो पुस्तकमा श्रीहरि अर्यालजीको मेहनत खेर गएको छैन । यसले अरूलाई पनि घच्घच्याउने र प्रेरणा दिने काम गर्छ भन्ने मलाई लाग्छ । उहाँलाई बधाई छ र साथै मुरी मुरी धन्यवाद पनि छ- एउटा नवीन कृतिलाई नयाँ शैलीसाथ जनसमक्ष ल्याइदिनु भएकोमा । … पुस्तक पढ्दै जाँदा थाहा हुन्छ- धेरै विषयहरूको जानकारी दिन यो सफल भएको छ । यसको अर्थ श्रीहरि अर्यालज्यूले यसलाई उपयोगी, पठनीय बनाउन निकै मेहनत र परिश्रम गर्नभएको छ भन्नु हो ।
-डा.गोविन्द टण्डन
आफू जन्मेको स्थानप्रति श्रद्धा भक्ति कसको हुँदैन र ! सबैको हुन्छ । यसैले आफ्नो जन्मस्थान अझ जन्मस्थान मात्र नभएर कर्मस्थान पनि रहेको बानेश्वर क्षेत्रको बारेमा न्यायक्षेत्रका प्रसिद्ध व्यक्तित्व वरिष्ठ अधिवक्ता श्री श्रीहरि अर्यालले यो पुस्तक पाठकवर्गसमक्ष प्रस्तुत गर्नुभएर आफ्नो जन्मस्थानप्रतिको ऋण तिर्ने प्रयास गर्नुभएको छ । …यस्तै यस्तै रोचक लाग्ने खालका सन्दर्भ एवं घटनाहरूको वर्णनले भरिपूर्ण यो पुस्तक जति पढ्दै गयो, उति विचारमग्न हुन करै लाग्ने खालको छ । तात्कालिक ऐतिहासिक घटनाहरूलाई साहित्यिक दृष्टिकोण राखी सुमधुर शैलीमा प्रस्तुत गर्न लेखक सफल हुनुभएको छ ।
-डा.नयनाथ पौडेल

Baneshworko Serophero – Shree Hari Aryal

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon