स्वप्निल स्मृतिका कविता सुन्दर छन्, लयमा बग्छन् र मन, मस्तिष्क दुवैलाई छुन्छन् । केही कविताले सामाजिक न्यायको पक्षमा वकालत गर्दै विद्रोहको भाषा बोलेका छन् भने अन्यले जीवन अनुभवका मिहिन त्यान्द्राहरू केलाएका छन् । शब्दहरूको चयन सटिक छ र हरेक कविताले कुनै विशेष विचार वा अनुभव अभिव्यक्त गर्छ । समग्रमा भन्दा यस कविता सङ्ग्रहले नेपाली कविताको क्षेत्रमा नयाँ बान्की थपेको छ । डा. सञ्जिव उप्रेती
पचासको दशकयता उपस्थित केही शक्तिशाली कविहरुमध्ये स्वप्निल स्मृति पनि एक हुन् । सिर्जनशील अराजकता र विशेष रङ्गवाद जस्ता काव्यिक आन्दोलनसित जबर्जस्त नाम जोडिएका यी कविलाई ती आन्दोलनहरुभन्दा पर राखेर हेर्दा पनि उनी पूर्ण देखिन्छन् । विराट कथा र अनन्त इतिहास बोकेका शब्दहरुसित खेल्ने यी कविको प्रशंसा स्वयं कविहरु नै गरिरहेका हुन्छन् । पुराना कवि बैरागी काइँला हुन् या नयाँ कवि रावत । ठूला समालोचक अभि सुवेदी हुन् या सानो समीक्षक सुको साइवर, सबैका प्रिय छन्-स्वप्निल । सपना देख्नु या स्मृतिमा हराउनु, दुवै कविता हो । त्यसैल उनी आफ्नो जाति, संस्कृति र सभ्यताको स्मृतिमा नयाँ नेपालको सपना देख्छन् ।
Baduli Ra Sudoor Samjhana – Swapnil Smriti
Baduli Ra Sudoor Samjhana – Swapnil Smriti
बाडुली र सुदूर सम्झना– स्वप्निल स्मृति
₨195
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet