Badulee – Padam Singh Karki |
भक्तपुरका काष्ठशिल्पीले सोलुखुम्वुको तिङ्गगलामा बनाएको घरमा २००६ सालको पुसमा मेरो जन्म भयो । वालकैमा मेरोकलमी काठमाडौंको बानेश्वररुपी गमलनमा सारियो । पदमोदय हाईस्कूल र त्रिचन्द्रकलेजको पढाई पुरानहुदै अरनिको राजमागलि उद्यारेको वानेश्वरको विकासमा साँस्कृतिक र शैक्षिक जलप लगाउनेक्रममा सेवासदन र श्री रत्नपुस्तकालयको भवन निर्माणमा सरिक हुँदै मिलेको सफलताको मलाई श्री ५ रत्न राज्य मिडिलस्कुलको अतिथि प्रधानध्यापक बनायो । नयाँ शिक्षानितिको भेलमा स्कुल जोगाउने मात्र होईन हाईस्कुल बनाएर छोडियो । त्यसैवखत ल्हासाको कुटनिनिककुलमा जन्मेकी शशीकला जिसी , गायिका रचना जिसी भएर बानेश्वरमा उदाईन २०३२ सालमा प्रेम – विवाह रचेपछि रचनाको गायकी सगैं वानेश्वर निर्माणको मेरो कोदालो र कलमलाई विसाएर कर्णाली जगाउने सपना बोकेर जुम्ला बाट पविक्षक सप्ताहिक प्रकाशित गरें । विनापूवधिारको पत्रकारितामा जम्नत परैजाओस टिक्न पनि सकिएन । भावुकता र महत्वकांक्षाले चुडिएका चङ्गा केहि वर्ष कावाखाएर पुन काठमाडौंको लटाईमा गाँसिन पुग्यो । उनी जागिरे कलाकारको रुपमा रेडियो नेपालमा गीतलाई गीता ठानेर गाउँदै र म गतिविधि साप्ताहिकको साहु सम्पादक भएर पाँच महादेश र सातै प्रदेश धाउँदै , राजा देखि रङ्क सम्म भलाकुसारी चार दशक वितेछ । नाम कमाउने मृगतृष्णामा थुप्रै पुखौली घरखेत पनि गुमाइटघ । यिनै विगतका वाहुलीका केहि हिक्कालाई हेक्काको रूपमा आदरणिय पाठक समक्ष समर्पण गरेको छु ।
Reviews
There are no reviews yet