Bachan – Kashi Bahadur Shrestha

बचन – काशीबहादुर श्रेष्ठ

  • Bachan
  • Kashi Bahadur Shrestha
  • Sahitya Akademi
  • Nepali
  • 79 pages

60

Availability: 5 in stock

SKU: Bachan (RBD) Categories: , Tags: ,
रूपनारायण सिंहको ‘भ्रमर’, रुद्रराज पाण्डेको ‘रूपमती’ पछि नेपाली उपन्यास विधामा इतिहास रचना गर्ने अर्का सशक्त रचनाकार काशीबहादुर श्रेष्ठको उपन्यास वचन एक मर्मस्पर्शी प्रेमकथा हो जसमा समाजका विसंगतिहरू पनि समेटिएको छ। यसमा नायिकाले नायकको प्रतिष्ठाका निम्ति बिहा नगर्ने ‘वचन’ दिएकी छिन्। र, त्यसको पालनगर्न आफ्नो प्राण उत्सर्ग गर्छिन्। यसै पृष्ठभूमिमा उपन्यासको नामकरण ‘वचन’ राखिएको हो।
नेपाली उपन्यास विधाको प्रारंभिक कालका अन्य उपन्यासहरू झै यो पनि एउटा * आदर्शवादी र दुःखान्त उपन्यास हो। पाठकहरूले यसलाई मन पराएकोले नै अकादेमीले यस महत्वपूर्ण उपन्यासको तेस्रो संस्करण निकाल्दै छ। सन् 1911 मा वाराणसीमा जन्मनु भएका काशीबहादुर श्रेष्ठले आफ्ना मित्र गोपालसिंह नेपाली तथा समकालिक लेखक प्रेमचन्दबाट प्रेरित भएर हिंदी कथाहरू लेखेर आफ्नो साहित्य-यात्रा आरम्भ गरे। उनले दुइवटा उपन्यास ‘उषा’ र ‘वचन’ सृजना गरे। उनी फुटकर कविता पनि लेख्थे। उनको महत्वपूर्ण अवदान ‘उदय’ पत्रिका हो। नेपाली साहित्यमा तीस वर्षसम्म निस्कने यै एउटा पत्रिका हो। ‘उदय’ ले नेपाली साहित्यका अनेक साहित्यकारहरूलाई जन्म दिएको छ। उनको निधन सन् 1989 मा भयो।

आवरण : जगमोहन सिंह रावत

Bachan – Kashi Bahadur Shrestha

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon