Babanani Nhunchhe – Kritikrishan Nhunchhe Pradhan |
बाबानानी सात महिनामा जन्मनु भएको रे | वृष राशी गाई बाहन | उहाँ शुभ लक्षणले युक्त भएको भनेर उनको चिना मामाले आफूसित राखेका थिए रे | भात खुवाउने बेलामा टोप बक्साएर भात खुवाएका थिए | बाबानानीले दूध खानु पर्ने भनेर हरेक दिन बिहान मामाका छोराले लिएर आउँथ्यो । मामाघरमा जर्सीगाई पालेको थियो । मामाघरमा पूजाआजा भयो भने आमालाई एकभाग र बाबानानीलाई एकभाग दिइन्थ्यो । त्यसैले मामाका छोरीहरूलाई एक एक भाग भयो भने बाबानानीलाई आमाको र आफ्नो दुईभाग हुन्थ्यो । एकदिन आमाले पूजा गरेर बत्ती दिइराखेका बेला जिम्दाजुमा जय जुइक भनेर बत्ती दिए | बाबानानीले छिम्दाजुया जय जूसा न्हूग पर्सि सिने दै जिम्वाया जय जूसा दैमखु खला धाल भन्नुभयो । मामाको घरमा पूजा थियो । बाबानानीलाई टीका लाएर पैसा दिए । उहाँकी आमाले तिमीहरूले हेर्दा त्यो कस्तो छ अस्ति मैले पूजा गरेर बत्ती दिइरहेका बेलामा दाइया जय ज्वीक भने उसले मेरो बाबुको जय भयो भने तिमीले राम्रो साडी लगाउन पाउदिनौ है भन्नुभयो । यसै पुस्तकबाट… |
Reviews
There are no reviews yet