हामीले आजसम्मको मानव इतिहासमा २ वटा क्रान्ति देख्यौँ । पहिलो कोदालो र हतियारको क्रान्ति, अर्को कुटनीति र कलमको क्रान्ति । अब हामीले अझ २ वटा क्रान्ति भेल्न बाँकी छ । जुन क्रान्ति २० औँ वर्षदेखि नै सुरू भइसकेको छ र अन्त्यमा भयाभय नै हुँदैछ । त्यो हो कम्प्युटर र कृत्रिम बुद्धिमत्ताको क्रान्ति, अर्को पहिचान र भावनाको क्रान्ति । हालको समाज कुरूप मानसिकताको समाज हो । यहाँ विकृत शासकको बोलबाला छ । अब फुर्के मानसिकता भएका विवादित वा भाइरल मान्छेले पहिचान र अस्तित्व बचाउदै समाज कायापलट गर्ने फुर्के सपना बाँडेर सत्तामा आउँछन् र आफैले नबुझेको योजनालाई • सप्रसङ्ग व्याख्या गर्दै अन्धाधुन्ध नीति कार्यक्रम बनाई अझ कुरूप समाजमा ढकेलेर आफू कुनै समाजको मसियाका रूपमा उभ्याउँछन तर विज्ञानले अर्को रूप लिन्छ र कृत्रिम बुद्धिमत्ताको अत्याधिक प्रयोगले सम्पूर्ण कार्य उसैलाई सुम्पिँदा महिला र पुरुष अपरिहार्य नहुने वातावरण हुन्छ । पुरूष मात्र वीर्यका लागि बजारमा बिक्न सक्छ । त्यो पनि हृष्टपुष्ट मात्र । त्यसर्थ अबका दिनमा मानव होइन पुरातनवादी मानसिकताका पुरूष अस्तित्वको नवक्रान्तिमा प्रवेश गर्दैछन् तर जो मानिस महिला जत्तिकै महिलावादी हुन्छ र परिवर्तित समाजलाई आत्मसात गर्दछ त्यो मानिसलाई कुनै कुराको असर पर्दैन ।
Astitwa – Sanjay Gautam
Astitwa – Sanjay Gautam
अस्तित्व– संजय गौतम
₨354
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet