अहिले रेजिनाका कथाहरूको पाण्डुलिपी पढिरहँदा म झनझनाएको छु । एउटी स्वास्नीमानिसभित्रका चाहना र रहरहरूलाई हुबहु शब्दहरूमा उतार्नु त्यति सहज हुँदै होइन । नारी मनका भावलाई कथाहरूमा लेखिरहँदा उनले पुरूष मनोविज्ञानलाई गज्जवसँग उतारेकी छिन् । पुरूषभित्रको खालीपन र महिलाका बाध्यता एकसाथ कथामा आएका छन् ।
हरेक कथामा महिला पात्र छन् – हेपिएका र सधैँ दमन र पीडामा परेका । त्यसो त हरेक कथामा महिलाका दमित इच्छाहरू छन् । सपना र चाहनाहरू छन् । रेजिनाले आफ्ना कथाहरूमा निकै सजिलोसँग स्वास्नीमानिसका असहजतालाई केलाएकी छिन् । जिन्दगी बाँच्ने क्रममा एउटी महिलाले भोग्ने हरेक दुर्दसालाई उनका कथामा पढ्न सकिन्छ ।
– मणि लोहनी
Astitwa (Katha Sangraha) – Rejina Pandya
Astitwa (Katha Sangraha) – Rejina Pandya
अस्तित्व– रेजिना पाण्डे
₨250
Availability: 4 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet