सुदूरपश्चिम अछामको पाटेखेतमा बि.सं. २००५ भाद्र ५ मा जन्मनु भएका गगनसिंह थापा कर्णाली- सुदूरपश्चिम क्षेत्रको इतिहास, भाषा, साहित्य र संस्कृतिको मिहिन अध्येयता हुनुहुन्थ्यो ।
उहाँका सबैजसो पुस्तकमा त्यही क्षेत्रका जनजीवन, समाज, संस्कृति र सभ्यताको जीवन्तता झल्किरहेको हुन्छ । कविता, कथाहुँदै आख्यानमा कलम चलाउनु भएका थापाका सोह्र सौगात (कथासङ्ग्रह, २०३५), कर्णालीको छेउछाउ (उपन्यास, २०७१), पुर्खाको चिट्ठी (उपन्यास, २०७२), मेरो मधुशाला (उपन्यास, २०७४), उज्ज्वली (लघु उपन्यास २०७६), महाप्रलय (उपन्यास, २०७७) र मरुभूमिकी महारानी (लघु उपन्यास, २०७७) कृतिहरु प्रकाशित छन् ।
नरराजु मोबरा साहित्यिक पुरस्कार (२०७३) र सुदूरपश्चिम साहित्य पुरस्कार (२०७६) बाट पुरस्कृत थापाको बि.सं. २०७७ कार्तिक १९ गते काठमाडौमा स्वर्गारोहण भएको थियो ।
Astachalko Dhokabata – Gagan Singh Thapa
Reviews
There are no reviews yet.